ॐ पार्कमा धनलक्ष्मी देवीको प्राण प्रतिष्ठा सम्पन्न

सिन्धुपाल्चोक,जेठ ६ । सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ खोलेखर्क स्थित ॐ पार्कमा धनलक्ष्मी देवीको मन्दिरमा प्राण प्रतिष्ठापन गरिएको छ । शनिबार समाज सेवी लीला नेपालको सक्रियतामा देवीको मुर्ती स्थापना गरी प्राण प्रतिष्ठा गरिएको हो ।

धनलक्ष्मी देवीको मुर्ति प्राण प्रतिष्ठा समारोहमा स्थानीयवासीको उल्लेख्य सहभागीता रहेको थियो । संरक्षण र प्रचारप्रसारको अभावले पौराणिक तथा अलौकिक शक्ती पिठ उक्त स्थानमा रहे पनि जिर्ण देखिन्छ । मन्दिर सामान्य भिरमा छ, ढुङ्गामा कुंदिएको बिभिन्न आकार र त्रिशुल राखिएको छ ।

तमाङ,शेर्पा,बाहुन,क्षेत्री,नेवार र गुरुङ जातिको बसोबास रहेकाले सबैले आ-आफ्नै परम्परा अनुसार पूजाआजा गरिने स्थानियले बताए । बिशेषगरी बैशाख जेठमा बौद्ध जयन्ती, चन्डी पुर्णिमाको दिन मेला जात्रा लाग्ने गर्दछ । सो दिन स्वदेश तथा बिदेशबाट पनि दर्शनार्थीहरु को भिड लाग्ने गरेको समाज सेवी नेपालले बताइन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv