चलचित्र पत्रकार संघले मनायो २० औं स्थापना दिवस

काठमाण्डौं,जेठ ८ । चलचित्र पत्रकार संघ, नेपालले एक कार्यक्रमको आयोजना गर्दै भव्य रुपमा स्थापना दिवस मनाएको छ । विक्रम संवत २०५६ साल जेठ ७ गते गठित संघले २० औ स्थापना दिवस तथा १७ औ पत्रकारिता दिवस मनाएको हो । माननीय सूचना तथा सञ्चारमन्त्रि गोकुल बास्कोटाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ प्रदान गरिएको थियो । सम्मान अघि चलचित्र पत्रकारिता गुरु स्वर्गीय पुष्करलाल श्रेष्ठलाई समेत सम्झिदै भिडियो प्रस्तुति प्रस्तुत गरिएको थियो ।

संचारमन्त्री र संघका अध्यक्ष सन्दीप सापकोटासँगै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले संयुक्त रुपमा सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । इमेज एफका सिनियर प्रस्तोता तथा जयहोस् डटकमका प्रधान सम्पादक सिनियर सञ्चारकर्मी नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान २०७६’ प्रदान गरिएको हो ।
संघको स्थापना काल देखि नै आवद्ध भइ निरन्तर पत्रकारितामा योग्दा पुर्याउदै आएको भन्दै नरेश र श्यामलाई सम्मान गरिएको हो । यसैगरी,संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ प्रदान गरेको छ ।

चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गरिएको हो । यी दुइलाई पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिएको हो । साथै, संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६’ प्रदान गरिएको छ ।

पत्रकारितामा आवद्द भएको छोटो समयमा नै फोटो पत्रकारका रुपमा स्थापित पोखरेललाई प्रोत्साहन स्वरुप पुरस्कार दिईएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहेको छ । कार्यक्रममा फिल्मकर्मी तथा मिडियाकर्मीको उल्लेख्य उपस्थिति रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv