आज हावाहुरीसंगै वर्षाको सम्भावना सचेत रहन आग्रह

काठमाण्डौ,जेठ १७ । शुक्रबार देशका पूर्वी र मध्य भु–भाग लगायत र पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूवानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पूर्वी र मध्य भु–भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

त्यसैगरी रातिको देशका पूर्वी र मध्य भु-भाग लगायत र पश्चिमी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केही स्थानहरुका साथै पश्चिमी पहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ। पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीनदिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म रहने बताइएको छ । राति देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही बाँकी भागमा मौसम केही सफा भएपनि देशको पूर्वी भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको उक्त महाशाखाले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv