अर्जुन क्षेत्रीले भने : ‘मलाई जेल हाले हाल भुकम्प गएरै छोड्छ, केन्द्रबिन्दु हुन्छन् यि जिल्ला’ (भिडियो हेर्नुहोस् )

काठमाण्डौं,जेठ १७ । फेस रिडर अर्जुन क्षेत्रीले नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा फेरी एक पटक ठूलो भुइचालो जाने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले बाँकेको नेपालगन्ज, रुपन्देही वा दागं केन्द्रविन्दु भएर ठूलो भुकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् ।

उनले जेठ देखि असोज महिना भित्रमा २०७२ सालमा गएको जस्तै ठूलो भुकम्प जाने दोहोर्याएका छन् । क्षेत्रीले आफुले भवितब्यका विषयमा भविष्यवाणी गर्दा ज्यान मार्ने धम्की आएको बताए । उनले भने मलाई जेल हाले हाल्नुस् तर देशमा फेरी ठूलो भुकम्प जान्छ । सतर्क रहनुपर्छ । उनले आफु भविष्यमा हुनसक्ने खतरा बताउन सक्ने भएकाले सबैलाई बेलैमा सचेत गराउन जानकारी दिने गरेको बताए ।

भविष्यमा आउन सक्ने खतराको बारेमा बताउँदा आफुलाई ज्यान मार्ने धम्की आएको उनले बताए । तर त्यस्ता धम्कीसंग आफु नडराउने उनको भनाई छ । उनलेभ भने अहिले मैले भनेको कुरा लेखेर राख्नु जुन दिन पुरा हुन्छ त्यो दिन सम्झनुहुनेछ ।

उनले वारा र पर्सामा आउनसक्ने हावाहुरीका बारेमा आफुले पहिले नै बताएको बताए । त्यतिबेला मलाई सबैले पागल भने सिताराम कट्टेल धुर्मुस बारा पुगे पछि मलाई फोन गरेर भन्नुभयो । भाई तिमीले भनेको कुरा पुग्यो । उनले नेपालमा यस अघि भएको जहाज दुर्घटनाका बारेमा पनि आफुले सजग बनाएको बताए । म धेरै बोल्छु त्यही भएर मेरो कुरा धेरैले विश्वास गर्दैनन् उनले भने तर जव पुरा हुन्छ अनि विश्वास गर्नुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv