शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण, भारतमा १ करोड लाग्ने, नेपालमा २५ लाखमै

काठमाण्डौं,जेठ १८ । शिक्षण अस्पताल महाराजगन्जमा पहिलो पटक कलेजो प्रत्यारोपण भएको छ । तीन वर्षको अथक प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् । प्रा.डा रमेशसिंह भण्डारीको नेतृत्वमा शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौं निवासी ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन ।

डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजेबाट सुरु भएको प्रत्यारोपण राती १२ बजेर ३० मिनेट जादा सकिएको थियो । नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. निरव गौरको टिम आएको थियो । भारतमा एक करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् । अस्पतालले वर्षमा १२ वटा प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । आजको नयाँ पत्रीकामा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv