आज रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा

काठमाण्डौं,जेठ २६ । वर्षाका देवताका रुपमा प्रचलित रातो मछिन्द्रनाथको भोटो जात्रा आज काठमाण्डौंमा मनाइँदैछ ।

ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । ललितपुरको पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि वढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ । यसरी रथ निर्माण भएपश्चात बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखिन्छ । त्यसपछि लगभग एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई ललितपुरका चोक चौराहहरुमा लग्दछन् ।

यस रथसँगै अर्को सानो तर उस्तै रथ पनि तानिन्छ, यस रथका विषयमा हामीमध्य धेरैलाई जिज्ञासा हुन सक्छ । अर्को यस्तै सानो रथचाँही चाकुवा द्यः को हो । मिननाथ भनेर चिनिने यी पनि एउटा बुंग द्यः जस्तै बोधिसत्व नै हुन् ।

पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी दुबै रथहरु सबै ठाँउ पुगेर आईसकेर जावलाखेल मैदानमा राखिएपछि शुभ साईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ ।

आजको दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा हुन्छ, सदियौँदेखि चलिआएको यस जात्राले नेपाली सभ्यता, सँस्कार अनि ईतिहास वयान गर्दछ । वर्षाका देवता रातो मछिन्द्रनाथले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् । माटोको रक्षा होस्, धर्मको जय होस्, अधर्मको नाश होस् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv