विप्लवका छोराले नमुना कामवाट गरे गाउँलेको मन जित्ने कोशीस

काठमाण्डौं,असार १० । बुवा नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको पार्टीले सरकार विरुद्ध संघर्ष चर्काएको छ । स्थानिय तहमा आगजनी र बम विस्फोट जस्ता घटना गरेर सरकारलाई तनाव दिइरहेको छ । तर उनै विप्लवका छोरा भने सामाजिक काम गरेर गाउँलेको मन जित्ने प्रयास गरेका छन् । सरकारद्वारा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले आफ्नो गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँलेको मन जित्ने कोसिस गरेका छन् ।

विप्लव पुत्र डा. प्रकाश चन्दले कपिलवस्तुको शिवगढीमा स्वास्थ्य शिविर सञ्चालन गर्न पुगेका थिए । उनले सामाजिक रुपमा गरेको यो सकृयता प्रति गाउँले प्रशन्न भएका छन् । गाउँलेको निःशुल्क उपचार गरपछि सबैले तारिफ गरेका छन् । शिवगढी नगरपालिका–३ भगवानपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा उनको नेतृत्वमा असार ७ र ८ गते दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो । प्रकाश नेकपाको जनस्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव भएका कारण उनले आफ्नो पार्टीगत धर्म पनि निभाएका हुन् ।

प्रकाशले शिविरबाट करिब २ हजार ५ सय जनाले प्रत्यक्ष लाभ लिएको जानकारी दिएका छन् । उनले विभिन्न रोगको परीक्षणका साथै ए–क्सरे र औषधि समेत उपलब्ध गराइएको जानकारी दिए । प्रकाशले चितवनको पुरानो मेडिकल कलेजबाट आफ्ना ११ जना चिकित्सक र स्वास्थ्यकर्मी साथीलाई स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँ पुगेका थिए । प्रकाशले सोही मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv