राज लिम्बुले लिएर आए ‘ बुझिदेउ ‘ ( भिडियो )

काठमाण्डौं,असार १४ । बिश्व भरमा  फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ । अझैपनि बिनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनिहरुले तिरस्कृत र घृणित जिन्दगी जिउदै आउनु परेको छ।  फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफुले चाहेको जस्तो जिन्दगी ससम्मान बाच्न पाउनु पर्छ भन्ने सामाजिक सन्देश बोकेको मार्मिक गीत ‘ बुझिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

केही दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ। यस गीतमा स्वर , संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज , आशिक  , लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv