तपाईको आजको दिन कस्तो छ हेर्नुहोस् आजको राशिफल

मेष राशि –अर्थ अभाव देखिए पनि आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। आजको श्रमले भविष्यमा भने नाम, दाम र प्रतिष्ठा दिलाउनेछ।
बृष – बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
मिथुन – आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। काममा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
कर्कट – हयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
सिंह – राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।
कन्या – अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन् ।
तुला – तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ।
बृश्चिक –घुमफिर तथा मनोरञ्जनको समय छ। तर, लोकाचारका लागि अनावश्यक वस्तुका पछि दौडनुपर्ला ।
धनु – भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ ।
मकर – समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ ।
कुम्भ – परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। नयाँ काममा हात हाल्ने समय छ ।
मीन – सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। (आजको राशिफल नेपाली पात्रो बाट साभार )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv