बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको मृत्यु

काठमाण्डौ,असार २९ । लगातारको वर्षाले मुलुकका विभिन्न ठाउँमा आएको बाढी र पहिरोमा परी अहिलेसम्म २५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी तीनवटा प्रदेशमा क्षति भएको छ । बाढी र पहिरोमा परी १२ जना बेपत्ता भएको गृहमन्त्रालय जनाएको छ ।

ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने काठमाडौं र खोटाङमा ३–३ जनाको ज्यान गएको छ । यस्तै, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर र भोजपुरमा २–२ जनाको मृत्यु भएको छ । यसैगरी, झापा, इलाम, ओखलढुंगा, बारा, पर्खा, रामेछाप र धादिङमा १–१ जनाको मृत्यु भएको गृहले जानकारी दिएको छ ।

बाढीपहिरोमा परी सिन्धुलीमा ३ जना बेपत्ता भएका छन् भने मोरङ, सुनसरी, पाँचथर, महोत्तरी, रौतहट, ललितपुर, काठमाडौं, मकवानपुर र धादिङमा १–१ जना बेपत्ता भएका छन् । शनिबार बिहान १० बजेसम्म मुलुकभर २१ जना घाइते भएका छन् । बाढीपहिरोका कारण ४३५ घर परिवार विस्थापित भएका छन् । यस्तै १६५ जनालाई उद्धार गरिएको गृहले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv