पाल्पाको अस्पतालवाट बच्चा चोर्ने विमकलाको फिल्मको जस्तै

काठमाण्डौ,असार २९ । बिमकला कालीगण्डकी ए जलविद्युतको परियोजना कार्यालय मिर्मीमा सफाइ कर्मचारीको रुपमा कार्यरत कर्मचारी हुन् र उनी त्यहीँ कर्मचारी क्वाटरमै बस्छिन् । बिमकलाले झण्डै ८–९ महिना अघिदेखि आफू गर्भवती भएको बताएकी थिइन् । उनका छिमेकीहरुले पनि उनी गर्भवती भएको विश्वास गरेका थिए किनकि छिमेकीहरुले उनको पेट बढेको देखेका थिए । सम्भवतः उनले पेटमा कपडा राखेर पेट बढाएकी थिइन् । उनले विदेश गएका श्रीमानलाई पनि आफू गर्भवती भएको बताएकी थिइन् ।

उनले सबैलाई आफू गर्भवती भएको भने पनि उनी वास्तवमा गर्भवती भने थिइनन् । सम्भवतः उनले दोस्रो बिहे गरेका श्रीमानले आफूलाई नछोडुन् र छोडीहाले पनि उनको सम्पत्तिको हकदार आफूसँग भएपछि सम्पत्ति हात पार्न सकुँ भन्ने उद्देश्यले आफू गर्भवती भएको बताएको अनुमान गरिएको छ । बिमकला गर्भवती हुन चाहेको तर नसकेकोले गर्भवती भएको नाटक गरेको हुनसक्ने पनि अनुमान छ ।

गर्भवती भएको हल्ला चलाएकी बिमकलाको यो हल्ला अब चल्नेवाला थिएन । उनले चलाएको हल्लाअनुसार बच्चा जन्मिने बेला भइसकेको थियो तर उनी गर्भवती नै थिइनन् । त्यसैले आफू गर्भवती भएको र बच्चा जन्माएको प्रमाणित गर्न उनी बच्चाको खोजीमा आएकी थिइन् । उनी ४–५ दिनदेखि अस्पतालको सुत्केरी वार्डमा बसिरहेको त्यहाँ भएका बिरामी र कुरुवाहरुले बताएअनुसार उनी त्यहाँ बच्चा चोर्ने नियतले नै आएकी थिइन् । उनले बच्चा चोर्ने उचित मौका नपाउँदासम्म दाउ हेर्दै झण्डै ४ दिन बसिन् । जब मौका पाइन्, उनी बच्चा लिएर फरार भइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv