अब यूएईमा यस्ता कामदारले सजिलै आफ्नो श्रीमती, छोराछोरी र आमाबुवा लान पाउने, यस्तो छ प्रकृया

काठमाडौं,साउन ५ । संयुक्त अरब ईमिरेट्स (यूएई) मा परिमार्जन गर्न लागेको नयाँ नियमले वैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीले सुविधा पाउने भएका छन् । वैदेशिक रोजगारीका लागि युएई भएका नेपाली नागरिकले अब आफ्नो आम्दानीको आधारमा परिवारका सदस्यलाई लैजान पाउने भएका छन् । युएई सरकारले आप्रावासी श्रमिकहरुको पक्षमा यस्तो निर्णय गर्न लागेको छ । नयाँ नियम अनुसार अब मासिक ४ हजार दिराम कमाउने विदेशी श्रमिकले आफ्नो परिवार पनि लैजान पाउने भएका छन् । यस्तो नयाँ नियम युएईको कानुन मन्त्रालयले लागू गर्ने भएको छ ।

कम्पनीले बसोबासको निशुल्क व्यवस्थापन गरेको हकमा भने मासिक ३ हजार दिराम तबल हुने कामदारले पनि परिवार लैजान पाउने व्यवस्था गरिएको छ । यस्तो ब्यवस्थाले थुप्रैै नेपाली नागरिकहरु पनि लाभान्वित हुने भएका छन् । यसअघि मासिक ४ हजार ५ सय दिराम आम्दानी भएका विदेशी श्रमिकले मात्र परिवार लैजाने पाउने व्यवस्था थियो ।

उक्त व्यवस्थाअनुसार यसअघि उच्च पद तथा आम्दानी भएका कामदारले मात्र परिवारका सदस्य आफूसँगै लैजान पाउँथे । नयाँ नियम लागू भएपछि पद आवश्यक नपर्ने, तर युएई सरकारले निधारण गरेको तलब सुविधा भने पाएको हुनुपर्ने भएको छ । तलब सुविधालाई मात्र आधार बनाएर यो नियम लागू हुँदा तल्लो तहमा काम गर्ने विदेशी नागरिकले पनि परिवार लैजान पाउने भएका छन् ।

युएईमा काम गर्ने अप्रवासी कामदारले आमा बुवा, श्रीमान अथवा श्रीमती र १८ वर्षभन्दा कम उमेरका अविवाहित छोराछोरी लैजान पाउने छन् । यस्तै, यूएईले स्थानीय नागरिकलाई कामका पहिलो प्राथमिकता दिने नीति पनि लिन रोजगारदातालाई अपिल गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv