कुसुम गुरुङ बन्ने भइन आयुव सेनको आमा (हेर्नुहोस तस्विरहरु )

आसुसेन फिल्मिसको ब्यानरमा बन्ने चौथो चलचित्र ‘मेरी मामु’ मा कुसुम गुरुङ मुख्य भुमिकामा आउने भएकी छिन् । श्रोतका अनुसार लण्डन निवासी कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।

थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् । अभिनयलाई आफ्नो प्यासन मान्ने कुसुम नेपाली चलचित्र क्षेत्रमा केही गर्ने अठोट बोकेर लण्डनबाट नेपाल आएकी हुन् । परिवार संगै लण्डनमा बस्दै आएकी कुसुमले लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी छिन् ।


बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ । चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।

हेर्नुहोस तस्विरहरु



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv