रित्तो हात साउदीबाट घर फर्किएका ११ नेपालीको आक्रोस “म्यानपावर माथि कार्वाही गर्ने चेतावनी ।”

काठमाडौं, २७ फागुन । ११ महिना अघि रोजगारीका लागि साउदी अरेरिबया पुगेका ६ नेपाली आइतबार रित्तो हात घर फर्किएका छन् । काठमाडौंको प्रिसिस मेनपावरमार्फत साउदी गएका उनीहरूलाई रोजगारदाताले पारिश्रमिक नदिएपछि बाध्य भएर घर फर्केका हुन् ।

घर फर्कनेमा सोलुखुम्बुका बलबहादुर राई, सुर्खेतका कर्णबहादुर घले, बाँकेका नन्दु बिके, सल्यानका लोकमान कामी, ओखलढुंगाका युवराज दर्जी र सल्यानका रमेश केसी छन् । मेनपावरलाई ७२ हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म बुझाएर साउदी गएका ती युवाले तीन महिनाको मात्र तलब पाएपछि घर फर्कनु परेको बताए । तलब नपाएपछि नेपाली साझा मञ्चमार्फत साउदीको श्रम अदालतमा मुद्दा दायर गरेका उनीहरूलाई घर फर्कने क्रममा हवाई टिकट उपलब्ध गराएको थियो । स्वदेश फर्केका उनीहरूले मेनपावरविरुद्ध मुद्दा दायर गर्ने बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ मा श्रम सम्झौता अनुसार पारिश्रमिक नपाए त्यस्ता कामदारलाई दावी रकममा ५० प्रतिशत थपेर क्षतिपूर्ति उपलब्ध गराउ पर्ने उल्लेख छ । रोजगारदाताले पारिश्रमिक नदिएर अलपत्र परेका कामदारलाई उद्धारमा सहयोग पुर्‍याएको नेपाली साझा मञ्चकी कार्यबाहक अध्यक्ष शारदा भुसालले पीडितलाई स्वदेशमा आवश्यक पर्ने अन्य सहयोग पनि उपलब्ध गराउने बताइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv