प्रेम कथामा बन्ने भो चलचित्र “मायाङ्क” भिडियो सहित :-

काठमान्डौ १३ असार । प्याराडाइज पिक्चर्स र माइन्ड स्क्रीन फिल्मस को प्रस्तुतिमा चलचित्र ‘मायाङ्क’ बन्ने भएकोछ ।

चलचित्र निर्माण घोषणा कार्यक्रममा उपस्थित निर्माण पक्षले आज राजधानीमा उक्त चलचित्र बनाउने घोषणा गरेका हुन । चलचित्रमा प्रेम कथालाई प्रमुख बनाइेको छ । चलचित्रमा शुशिल उप्रेती नायक , ज्योत्सेना गिरी नायिका र प्रशान्त ताम्राकारको प्रमुख भूमिका रहेको छ । कार्यक्रममा चलचित्रका प्रमूख चार कलाकारहरु मध्ये तीनजना प्रशान्त ताम्राकार, शुसिल उप्रेती र ज्योत्सना योगीको उपस्थिती थियो । चलचित्रमा चारै जनाको बराबर भूमिका रहने बताईएको छ तर, एक नायिका भने कार्यक्रममा थिइनन् । उनको नाम र भूमिका समेत गोप्य राखिएको छ । कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको कार्यक्रममा बताईयो ।

चलचित्रमा जितेन्द्र खतिवडा निर्माण , रोमी मानन्धरको कथा पट्कथा र निर्देशन रहेको छ । यही भाद्र महिनामा छायांकन सुरु हुने र माघ फागुन सम्म दर्शक माझ आउने निर्माण पक्षले बताए ।
उक्त कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले चलचित्रको सफलताको शुभकामना दिंदै राम्रा चलचित्रको संधै प्रसंशा गरिने बताए ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv