नायिकाले पहिलो पल्ट आफ्नो फिल्म हेर्दा भक्कानिदै आफ्नो हिरोलाई यस्तो भनिन ” उमेश तिमी…( भिडियो सहित् )

काठमाण्डौं ४ साउन । मुना–मदन, लैला–मजनु वा रोमियो–जुलियटको प्रेमकथामा सम्मोहित हुँदै आएका दर्शकहरू आम रूपमा अपरिचित उमेश–कविताको लभस्टोरीप्रति कति उत्साहित होलान् ?

उक्त फिल्मका निर्देशक चाम्सलाई ‘यस्तो प्रश्नको रत्तीभर डर छैन’ ।

यति बेला उमेश र कविता नर्वेमा बस्दै आएका छन् । केहीअघि मात्रै निर्देशक चाम्स नर्वे भ्रमणका क्रममा कवितासँग भेटिए । कुरैकुरामा कविताले ठट्टा गरिन्, ‘दाइ, तपार्इं लभस्टोरी फिल्म बनाउनुहुन्छ । हामी बूढाबूढीको लभस्टोरी पनि कम्ता खतरा छैन है ।’ कविताको कुरा सुरुमा सामान्य ठट्टाकै रूपमा लिएका चाम्सले जब ‘कथा’ सुन्दै गए, दिमागमा चित्र चल्दै जान थालेछ । त्यहींबाट कविताको कथामा फिल्म बनाउने घोषणा गरेर स्वदेश फर्किए । मुख्य कलाकार पनि तय गरे, उमेश र कविता नै ।

‘मलाई आफ्नो कथा सुनाइरहँदा पनि कविता तारन्तार रोएकी थिइन् । लाग्यो, त्यो कथामा उनीहरूले जत्तिको फिल सायदै कुनै कलाकारले दिन सक्लान्,’ चाम्सले भने । आखिर भएछ पनि त्यस्तै । सुटिङ दौरान यी दुईलाई सिनका बारेमा बताएपछि न संवादको जरुरी पथ्र्यो, न अवस्थाको । दुवै एकाएक फ्ल्यासब्याकमा जान्थे र मुडले उनीहरूलाई पछयाउँथ्यो । सुटिङमा सबैभन्दा धेरै आँसु झार्नेमा कविता भइछन् भने उमेश पनि थुप्रै पटक रोएछन् । ‘सुटिङभरि ग्लिसरिनको आवश्यकता नै परेन,’ चाम्सले थपे ।

कविता काकाको घरमा हुर्कंदै थिइन् । टमब्वाई पाराकी उनी केटी साथीको ग्याङ लिएर १८ वर्षे जोबन काटिरहँदा एक दिन हट्टाकट्टा ज्यानको लोभलाग्दो केटासँग स्विमिङ पुलमा देखादेख भयो । झन्डै दुई दशकअघिको उमेशसँगको भेट प्रसंग कोट्टयाउँदै कविताले सुनाइन्, ‘त्यो बेला मलाई उमेशको ज्यानले तान्यो ।’ तर उमेशले कवितालाई बालै दिएनन् । भनिन्, ‘उसका सबै साथीहरू आएर मसँग बोले, तर ऊ आएन । स्विमिङ पुलभरिकै हयान्डसम मै हुँ जस्तो एटिच्युड देखायो । पहिलो भेटमै झगडा परेको थियो ।’

कवितालाई पछि त्यही झगडा नै प्रिय लागेछ । घर पुगेपछि उमेशसँगको घटनाको यादले पिछा नै छोडेन । आखिर यो जोडी एक हजार रुपैयाँ सापटी मागेर भाग्ने अवस्थामा पुग्यो । धनी परिवारकी गुरुङकी चेली गरिब क्षेत्री परिवारमा एकाएक बुहारी भएर भित्रिइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv