राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४ हुने

काठमाण्डौं १३ चैत । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) फोटो पत्रकारितामा संलग्न व्यवसायिक पत्रकारहरुको पहिलो आधिकारिक संगठन भएको कुरा यहाँहरुलाई सहर्ष जानकारी गराउन चाहन्छौं ।
२०५३ सालमा स्थापना भएको एनफएपीजे अहिलेसम्म विभिन्न आरोह अवरोध पारगर्दै आजको यो अवस्थामा आइपुगेको छ । वास्ताममा पत्रकार मित्रहरु पत्रकारिता पेशा त्यसमा पनि फोटो पत्रकारिता, यहाँहरु स्वयं यही क्षेत्रमा सक्रिय रुपमा क्रियाशील रहनुभएकाले हाम्रो साझा समस्या यहाँहरु माझ घाम जत्तिकै छर्लङ्ग भएको विषय हो । एनफएपीजेले अहिले आफनो स्थापनाको २१औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । यही क्रममा आगामी २०७५ साल बैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर काठमाडौंमा एक विशेष समारोह आयोजना गर्न लागिएको विषयमा जानकारी गराउन यो पत्रकार सम्ेमलनको आयोजना गर्न पाउदा हामी खुसी छौं । विगतमा हामीले गरेका विभिन्न कार्यक्रमहरुको समाचार सम्प्रेशण गरि पु¥याउनु भएको सहयोगको उच्च कदर गर्दै अवका दिनहरुमा पनि यहाँको सहयोग र सदभाव यसरीनै रहने कुराको अपेक्षा राख्दछौं ।
यस कार्यक्रममा देशभर विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकाहरुको क्षमता र योग्यताको कदर गर्दै नयाँ आउने युवा फोटोपत्रकार साथीहरुको उच्च मनोवल वृद्धिको लागि उहाँहरुलाई प्रोत्साहन स्वरुप फरक फरक १३ बिधामा नगद पुरस्कार सहित, ट्रफी, सम्मानपत्र प्रदान गर्न लागेका छौं ।भने यस पेशालाई जीवनभर अंगालेर हाल निवृत्त जीवन व्यतित गरि रहनु भएका हाम्रा अग्रज फोटोपत्रकार गुरुहरुलाई समेत सम्मान गर्ने पवित्र उदेश्य राखि एनएफपीजेले आयोजना गर्न लागेको यो अवार्डको नाम ‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ राखिएको छ । यो कार्यक्रमलाई हामीले निरन्तरता दिने उदेश्यका साथ द्रोस्रो संस्करण कार्यक्रम लिएर यहाँहरुको विच आएका हौं ।
यस कार्यक्रमको विधिवत रुपमा २०७५ साल बैसाख १३ गते विशेष समारोहको आयोजना गरि पुरस्कारहरु प्रदान गरिनेछ । उक्त कार्यक्रममा नेपाल सरकारका प्रधानमन्त्री लगायत विधागत मन्त्री ज्यूहरु ,राजनितिक व्यक्तित्वहरु, व्यापारीक तथा कुटनैतिक व्यक्तित्वहरु साथै वरिष्ठ कलाकारहरुको उपस्थितिमा कार्यक्रmम सम्पन्न गर्नेछौं । यसकार्यक्रम अवधिभर ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको विभिन्न सांगीतिक प्रस्तुतीहरु हुनेछन । उक्त दिन सो कार्यक्रम दिउँसो ४ बजेदेखि साँझ ६.३० बजेसम्म सञ्चालन हुनेछ । भद्रकालीस्थित आर्मी अफिर्सस् क्लवमा आयोजना हुने सो विशेष समारोहका विभिन्न ४ वटा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । यस कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने विभिन्न संघ संस्थाका तथा व्यापारीक प्रतिष्ठानहरुलाई विषेश धन्यवाद दिन चाहान्छौं ।

अवार्डका विधाहरु
१) लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ः लाइफ टाइम एचिभमेन्ट अवार्ड ५० हजार नगद, ट्रफी र सम्मानपत्र सहितको हुनेछ । यो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा विगत लामो समयदेखि सक्रिय रुपमा क्रियाशील फोटो पत्रकार तथा लामोसमय फोटोपत्रकारीता गरि हाल निवृत्त हुनु भएका हाम्रा गुरुहरु हरुमध्येबाट एकजनालाई प्रदान गरिनेछ । यसको छनौट अवार्ड छनौट निर्णायक समितिले गर्नेछ ।
२) वर्ष उत्कृष्ट फोटोपत्रकारीता विधा ः विभिन्न ११ वटा विधामध्येबाट उत्कृष्ट ठहर भएका एकजना फोटो पत्रकारलाई यो अवार्ड प्रदान गरिने छ । अवार्डमा २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहनेछ ।
३) खेलकुद फोटोपत्रकारीता विधा ः यो विधा अन्र्तगत खेलकुदको क्षेत्रमा उत्कृष्ट फोटो खिच्ने एकजना फोटो पत्रकारलाई पुरस्कृत गरिने छ ।
४) पर्यटन तथा संस्कृति विधा ः देशको पर्यटन तथा संस्कृतिलाई फोटोको माध्यमबाट पत्रकारितामा उतार्ने फोटो पत्रकारहरुलाई यो विधामा पुरस्कार प्रदान गरिनेछ ।
५) राजनैतिक फोटोपत्रकारीता विधा ः देशको महत्वपूर्ण राजनीतिक गतिविधिलाई फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिनेछ ।
६) दैनिक जीवन फोटोपत्रकारीता विधा ः समाजको दैनिक गतिविधिलाई फोटोको माध्यमबाट समाचारका रुपमा प्रकाशित गर्ने पत्रकारहरुलाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
७) मनोरन्जन फोटोपत्रकारीता विधा ः मनोरञ्जन क्षेत्रका गतिविधिलाई फोटो मार्फत समाचार बनाउने फोटो पत्रकार यो विधाबाट पुरस्कृत हुनेछन् ।
८) आर्थिक फोटोपत्रकारीता विधा ः व्यापार, व्यवसायलगायतका क्षेत्रमा भै रहेका विभिन्न कृयाकलाप फोटोको माध्यमबाट समाचार बनाउने फोटो पत्रकारले यो विधाको पुरस्कार प्राप्त गर्नेछन् ।
९) महिला फोटोपत्रकार विधाः महिला फोटो पत्रकारका रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत महिला फोटो पत्रकारहरुमध्येबाट छनौट गरी एकजनालाई यो पुरस्कार वितरण गरिने छ ।
१०) उपत्यका वाहिर फोटोपत्रकारीता (मोफसल) विधा ः राजधानी बाहिर रहेर सक्रिय रुपमा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरु मध्येबाट एकजनाले यो पुरस्कार प्राप्त गर्नेछन् ।
११) अनलाईन फोटोपत्रकारीता विधा ः विभिन्न अनलाईन समाचार माध्यममा कार्यरत फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१२) स्वतन्त्र फोटोपत्रकारीता विधा ः विभिन्न संन्चार माध्ययममा स्वतन्त्र ढंगवाट फोटोको सेवा प्रदान गर्दै आउनु भएका फोटो पत्रकारहरु मध्ये एकजनालाई यो विधाको पुरस्कार प्रदान गरिने छ ।
१३) एनएफपीजे सक्रिय सदस्य विधा ः राष्ट्रिय फोटो पत्रकार समूहका सक्रिय सदस्यमध्ये एकजनालाई यो राशीको पुरस्कार प्रदान गरिने छ ।
माथि उल्लेखित विभिन्न विधाको पुरस्कार रकम रु २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ ।

राष्ट्रिय फोटोपत्रकारीता अवार्ड २०७४मा सहभागीताका लागि नियमहरु ः

१. यो अवार्ड हरेक वर्षको बैशाख १३ मा राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर गरिने छ ।
२. अवार्ड कार्यक्रममा फोटो पत्रकारिताका क्षेत्रमा सक्रिय फोटो पत्रकारहरुलाई विभिन्न विधाबाट सम्मानित गरिने छ ।
३. अवार्डमा सहभागी हुनका लागि छापा माध्यममा कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने अनलाईनको हकमा भने कम्तीमा ६ महिना काम गरेको हुनुपर्नेछ । आवेदन फारमसँगै एक प्रति पासपोर्ट साइजको फोटो, कार्यरत संस्थाको नवीकरण खुलेको परिचयपत्रको प्रतिलिपि,अनिवार्य रुपमा समावेश गराउनुपर्नेछ ।
४. अवार्डमा सहभागी हुनका लागि आवेदन फारम संस्थाको आधिकारिक वेवसाइट
धधध।लाउव।यचन।लउ मा प्राप्त गर्न सकिने छ । सो आवेदन फारम अनलाईनबाट मात्र भर्न सकिनेछ ।
५. फोटोपत्रकारको रुपमा कहिले देखि काम गदै आएको हो र उक्त संस्थाको आधीकारीक परिचयपत्रको प्रतिलिपि समावेश गरिनु पर्ने छ ।
६. स्वतन्त्र फोटो पत्रकारको हकमा भने विभिन्न संचार माध्ययमले दिएको परिचयपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।
७. देशभर फोटोपत्रकारीमा सक्रिय रुपमा कामगर्ने सम्पूर्ण पत्रकार साथीहरुले सहभागी जनाउन सक्नु हुनेछ ।
अवार्ड छनौटका प्रक्रियाहरु ः
१) विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिनेछ ।
.५.उत्कृष्ट ५ मनोनयनमा पर्न सफल भएका फोटोपत्रकारहरु संग आयोजकले मागे (१२ × १८ इन्च) प्रत्येक विधाका ५ ओटा उत्कृष्ट फोटो आवेदकले पठाउन सक्नु पर्नेछ । साथै उक्त फोटोहरु संस्थामा सुरक्षीत रहने छ ।

आयोजक
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) केन्द्र काठमाडौं
प्रदिपराज वन्त (कार्यक्रम संयोजक )
फोन ः ९८५१०४४८३५

(कार्यक्रम बारे थप जानकारी चाहिएमा अवार्ड समारोहका संयोजक तथा एनएफपीजेका सचिव प्रदिप राज वन्त (९८५१०४४८३५) वा फोटोपत्रकार तथा कार्यक्रमका सहसंयोजक नवराज श्रेष्ठ (९८४१८९५८११) सँग सम्पर्क गर्न सकिने छ । )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv