चलचित्र मेरी मामुको “मलाई माफ गरिदेउ”शिर्ष गीत सार्वजनिक,भिडियो हेर्दा हलमा धेरैको आँखा रसाए

काठ्माण्डौं, १२ साउन । चलचित्र मेरी मामुको “मलाई माफ गरिदेउ”शिर्ष गीत सार्वजनिक भएको छ । काठमाण्डौको कमलादी स्थित क्यु एस् सिनेमा घरमा उक्त गीतको भिडियो पत्रकार शुभचिन्तक माझ प्रदर्शन गरिएको हो ।
बालमनोबिज्ञानमा आमा र छोरा बिचको कथामा आधारित रही बनाइएको निर्माण पक्षले बताएको छ ।

निर्माता सन्तोष सेनले यस अघी संखे चन्खे पन्खे , प्रेम गीत , प्रेम गीत-२ जस्ता सफल चलचित्र बनाई सकेका छन । ३५ दिनमा छांयान्कन सकिएको सो चलचित्र को अहिले पोस्ट प्रोडक्सन भै रहेकोछ । सन्तोष सेनको निर्माण,यम थापाको कथा निर्देशन रहेको यस चलचित्रमा अश्लेषा ठकुरी,सारुक ताम्राकार नव नायिका कुशुम गुरुङको अभिनय रहेको छ भने निर्माता सेनका छोरा आयुब सेनले यसै चलचित्रबाट मुख्य भुमिकामा डेब्यु गर्दैछन ।

मार्मिक भाव मा बनेको गीतलाई रबी मल्लले लेखेका हुन भने संगीत कल्याण सिंह र स्वर रोहित जोन छेत्रीले दिएका छन । शब्द,संगीत र आवाज संगै भिडियो निकै नै राम्रो बनेको देखिन्छ र चलचित्रको उत्सुक्ता पनि बढाएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv