पत्रकारले भुतको कथा भने पछी पूजाको जवाफ यस्तो : “ट्रेलर भने कै दर्शक झुक्याउने हो “(भिडियो सहित )

काठमान्डौं ,१७ साउन । चलचित्र ‘राम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौंको क्यु एस सिनेमाहलमा उक्त चलचित्रको ट्रेलर प्रदर्शन गरिएको हो । करीब २:५५ सेकेण्डको उक्त ट्रेलरमा राम कहानीका सम्पूर्ण कलाकारहरुको सीन देखाईएको छ ।
चलचित्रमा भुत को कथा हो कि के हो भन्ने प्रश्नमा निर्माता तथा नायिका पूजा शर्मा ले भनिन “ट्रेलर भने कै दर्शक झुक्याउने हो ” उनलाई समर्थन गर्दै निर्देशक सुदर्शन थापा ले भने दर्शकको ध्यान तान्न नै चलचित्रको बेस्ट बेस्ट सीनलाई कटिङ गरिन्छ र ट्रेलर बनाइन्छ । भन्दै पूजाको कुरालाई बचाउ गरे ।

राम कहानीमा निर्माता,कथा तथा निर्देशक सुदर्शन बस्नेत हुन भने पूजा शर्मा पनि निर्माता र नायिका छिन । त्यस्तै आकाश श्रेष्ठ नायक छन । अन्य कलाकारहरुमा रबिन्द्र झा ,शिशिर राना , सुनिता श्रेष्ठ ठाकुर , सोभित बस्नेत , जितु नेपाल ,विल्शन बिक्रम राई (तक्मे बुढा ), केदार घिमिरे (माग्ने बुढा),राजाराम पौडेल आदिको प्रमुख भूमिका देख्न पाईन्छ ।

राम कहानीमा शब्द संगीत अर्जुन पोखरेलको रहेको छ भने, कोरियोग्राफी कबिराज कहतराजको रहेको छ । रामकहानी भदौ २२ मा देशभर प्रदर्शनमा आउने छ ।

भिडियो हेर्नको लागि तलको लिन्क क्लिक गर्नुहोस् :-

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv