सहयोगी मनहरुको समाज इजरायल च्याप्टरद्धारा धुर्मुस सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण ( भिडियो सहित )

चितवन , माघ २६ । सहयोगी मनहरुको समाज इजरायल च्याप्टरले संकलन गरेको एक लाख पच्चीस हजार रकम धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको छ ।

नेपालमा रहेका अभियानता तथा कार्यसमितिका पदाधिकारीहरुले निर्माणाधिन रंगशाला चितवनमा गएर सो रकमको चेक हस्तान्तरण गरेका हुन ।
सिताराम कट्टेलले रकम चेक लिदैं इजरायलमा रहेका सम्पूर्ण महानुभाव प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

“हस्तान्तरण पस्चात नेपाल च्याप्टरका अध्यक्ष कृष्ण ज्ञावलीले भन्नु भयो – “जनस्तरबाट निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि इजरायलमा रहेका नेपाली दाजुभाइहरुबाट संकलित रकम फाउण्डेशनको महान कार्यमामा हातेमालो गर्न पाउँदा हामी गर्वान्वित भएका छौं ।

त्यस्तै संस्थाका महाचचिव हरी मानन्धर ले पनि इजरायलका अध्यक्ष सुमन कार्की लगायत सबैलाई सहयोग गरेकोमा धन्यवाद दिनु भयो ।
हस्ताक्षर कार्यक्रममा संस्थाका तर्फ बाट नेपाल च्याप्टरका अध्यक्ष कृष्ण ज्ञावली,महासचिव हरी मानन्धर,कोषाध्यक्ष रन्जु कार्की , ईरा शर्मा , र एस घिमिरेको उपस्थिती रहेको थियो ।
हस्तान्तरण पस्चात सो टोलीले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अवलोकन गरेका थिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv