‘ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक

काठमाण्डौं १५ भदौं । गायक प्रदिप पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको ‘ओ सानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा रियालिटी शो डि.आइ.डि मा धमाका मचाएका डान्सर सुजन मार्पाको साथमा ओशन बास्तोला र रानी श्रेष्ठले अभिनय गरेका छन । गीतमा शब्द तथा संगीत गायक स्वयम् प्रदिप पाण्डेको रहेको छ । आशिष अविरलले संगीत संयोजन गरेको गीतको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेको भिडियोलाइ सुजन मार्पाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । ओ सानी गीत अहिलेको समयको चल्तीको गीत बनेको छ । गायक प्रदिप पाण्डेले यस अघि पनि विभिन्न गीतहरुमा आफ्नो स्वर दिइ सकेका छन् । प्राध्यापक पाण्डेले संगीत क्षेत्रमा पनि आफुले समय दिने र निरन्तर गीत संगीत सार्वजनिक गरिरहने बताए ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv