नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन

काठमाण्डौं १५ भदौं । नेपाली नाटक र चलचित्र जगतका प्रख्यात अभिनेता तथा निर्देशक हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान १ बजेर पाँच मिनेटमा बानेश्वरस्थित आफ्नो नीजि निवासमा उनको निधन भएको हो । उनको निधन प्रती प्रधानमन्त्री के पि शर्मा ओली ले गहिरो दु:ख ब्यक्त गरेका छन।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरिरलाई शुक्रबार बिहान अभिनेता नवल खड्का, रवीन्द्र खड्का, बसुन्धरा भुसाल, शान्ति मास्के, हुष्ण मल्ल, मदनदाश श्रेष्ठ, रामकेशर बोगटी, यादव खरेललगायतका चलचित्र क्षेत्रका विभिन्न कलाकार उनलाई अन्तिम श्रद्धाञ्जलि दिन बिहान उनको निवास पुगेका थिए ।

उनले ‘आमा’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘के घर के डेरा’, ‘सन्तान’ लगायतका फिल्ममा अभिनय गरेका थिए । उनी कला, गायन, निर्देशन, सङ्गीत र अभिनय सबैमा अब्बल मानिन्छन् । बालकृष्ण समका चेला हरिप्रसाद रिमाल ‘भीमसेनको अन्त्य’ र ‘मुकुन्द इन्दिरा’ जस्ता ऐतिहासिक नाटकमा अभिनयका साथै गायनबाट चिनिएका हुन्।

बिक्रम संबत २००७ सालमा स्थापित रेडियो नेपालका संस्थापक सदस्यसमेत रहेका रिमालले शङ्कर लामिछानेको रचनामा सङ्गीत र स्वर दिएर नेपालका प्रथम गायक बनेका थिए। नेवारी भाषा बोल्न सिपालु उनले नेवारी नाटक लेख्ने र मञ्चन गर्ने कार्यसमेत गरेका थिए। उनले रेडियो नेपाल मार्फत् रेडियो नाटक (रूपक) लाई शिखरमा पुर्‍याउने काम गरे।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv