शरीरलाइ मात्र सुन्दर, सुडौल, आकर्षक बनाउनुलाई स्वस्थ हुनुको भ्रममा परे मानव जाती – अजय मल्ल (बिचार)

प्रकृतिले सृजना गरेको अति उत्तम जीव मानवले प्रकृतिबाट सिकेर धेरै प्रबिधिको बिकास गरे, प्रारम्भमा प्रविधिको चमत्कार देखेर मानब जगत बिज्ञानलाई भगवान मान्न थाले । बिस्तारै प्रबिधिले दिएको सुबिधामा लागेर मानिसहरु आफ्नो जननीलाइ नै भुल्न थाले । क्षणिक सुख सुबिधाको पछाडी लागेर मानब कर्मलाई भुल्न थाले ।

संसारका सबै मानिसहरु सुखी तथा स्वस्थ जीबन बिताउन चाहन्छन । शरीरलाइ मात्र सुन्दर, सुडौल, आकर्षक बनाउनुलाई स्वस्थ हुनुको भ्रममा मानसिक तथा आत्मिक स्वस्थतालाई बिर्सेका मानिसहरु हरेक दिन बिज्ञानका चमत्कारिक प्रयोग र सफलताको समाचार सुन्दै, हेर्दै, भोग्दै आईरहेका छन् ।

बिश्वलाई नै अचानक कोरोनाको त्रासदी छोप्दा बिज्ञान मात्र सबैथोक होइन रहेछ भनि सोच्न बाध्य बनाएको छ । आजको दिन सम्ममा बिज्ञानले दिएका अति उच्चतम प्रबिधिहरु सबै असफल भैरहेको यो विषम परिस्थितिमा सहारा भनेकै अहिले अध्यात्म बनेको छ ।

सबै दर्शन अस्विकृत भएर भौतिकवाद र अध्यात्मवादलाई प्रमुख दर्शन मानिरहेका पछिल्लो पुस्तालाई भौतिकबादले समस्त मानवलाई कालान्तरमा केबल पीडा, दुख, चिन्ता मात्र दिदो रहेछ भन्ने आत्म बोध भएको छ । अत्याधुनिक प्रबिधिले सुसज्जित अस्पताल, अत्याधुनिक स्वास्थ उपकरणहरुले मात्रै संक्रमितहरुलाई बचाउन नसकिने रहेछ न त अथाह रुपैयाले नै भन्ने प्रमाण इटालीका सडक भरी फ्यालिएका रुपैयाले बोलिरहेकोछ । हिजो अध्यात्मलाई ढोङ्गी मान्नेहरु अनि अध्यात्ममा आधारित जीवन जिउने पद्धतिलाई देखेर हास्ने भौतिकबादका अनुयायीहरु आज लाचार भएर काचो बेसार महँगो डलरमा किनेर हात नमिलाई परै बाट नमस्कार गर्दै हिडेको तस्बिर र भिडियोहरु भाईरल छन ।

पश्चिमा प्लेटो, अरस्तु र सुकरातलाई हामी विश्वको महान् दार्श्निक भनेर सगर्व भन्छौं तर हामी आफ्नै आर्य भूमिमा जन्मिएका पुर्बी दर्शनका जननीहरु कपिल, पतंजली, पाणिनी, बुद्ध, व्यास, कर्णाद मुनिहरु आदिलाई भने पछौटे र ढुंगेयुगी देख्छौं ।

पदार्थको गुण धर्मको अध्ययन गर्ने बिज्ञानको रुपमा धेरै पहिले नै कर्णाद मुनिले बैशेषिक दर्शन प्रतिपादित गरिसकेका थिए । अणु, परमाणुबारे व्याख्या गरिएको शास्त्र वैशेषिक र न्यायदर्शन हुँदा हुँदै हाम्रो शिक्षाप्रणालीले परमाणु अवधारणाको प्रथम आविष्कारकर्ता जान डाल्टन हो भनेर घोकाएको पाउँछौं । यस्तै कारणले हाम्रो अध्यात्मबाद हाम्रो दर्शन पछि पर्दै गएको छ । अज्ञानताको धरातलमा स्थापना भएको हाम्रो समाजले सबै धर्मलाई सामान मान्नुले पनि हाम्रो सभ्यता अनि हाम्रो दर्शनलाई हामी बाट अलग्याउदै भौतिकबादको अघि नतमस्तक हुन बाध्य पारेको छ । हामी र हाम्रो धर्म अन्य धर्म वा समुदाय सग समान छैन ।

हाम्रा एतिहासिक अभिलेख , धार्मिक ग्रन्थहरु साथै हाम्रो जीबन शैली बिज्ञानको स्रोत रहेछ तिनै स्रोतको अध्ययन गरि उपकरणहरु निर्माण गर्दै प्रमाणीकरण गरे अनि आधुनिक नाम दिदै अध्यात्मबादलाई गौण बनाउन थालियो ।

हाम्रा धार्मिक ग्रन्थ , बेद , पुराणहरुको पहुचबाट टाढा राख्न अनेक बादहरुको जन्म गराईयो धर्मलाई अफिम सम्म भनियो ताकी रावणको पुस्पक विमान जस्तै बिमान फेरि अर्को कुनै विश्वकर्माबाट निर्माण नगरियोस ।

तन्त्र मन्त्र बाट बिश्व नियन्त्रण गर्न फेरि कसैले नसकुन भनेर यो बिद्यालाई ढोङ्गी र छलको बिद्या बनाइयो । अहिले आभास भैरहेको छ । मेरो धर्म मेरो सस्कार मेरो शैली गर्व गर्न लायक छ । अन्य धर्म प्रति मेरो सम्मान छ तर मेरो धर्म समान छैन । संसार मै अति उत्कृष्ट छ मेरो धर्म । ज्ञानको अभावमा फगत हामी पटमुर्ख भै भौतिकबादको पिछलग्गु भै बाचिरहेका रहेछौ ।

मृत्युलाई आगन बाहिर डुलिरहेको देख्दै गर्दा आज अस्पतालको मूलद्वारमा कपुर बालेर जिबाणु मारिदैछ । डाक्टर, नर्सहरु आफ्नो मनोबल उच्च बनाउन बज्राषनमा बसि ॐ ध्वनिले स्वयंलाई सुद्दि गर्दैछन । थरीथरीका औषधिको नाम रट्न छाडेर गोर्जुको लहरो खोज्न पाखा पखेरी छिर्दै गर्दा बिज्ञान नै सबैथोक हैन रहेछ भन्ने चेत कलियुगेहरुमा फर्केको आभास पाएको छु ।

आफ्नो आफन्त इस्टमित्र सबै बिर्सेर गाउँ घर छाडेकाहरुको लामै लर्को मृत्युको भय सगै गाउँ घर भित्रीएका छन । अजम्बरी केही नभएको यश लोकमा एकदिन त सबै बित्ने नै छ । समयको चक्रसँगै हाम्रो अस्तित्व नासिने छ ।

यो माया,प्रेम , आकर्षण ,सम्झना, लोभ, ईर्ष्या, रोदन, हाँसो, आशुले क्षणभरको लागि हामिलाई तड्पाउछ र समय बित्दै जादा सबै कुरा पुरानो हुदै जान्छ र बिर्सदै जान्छ रहन्छ त केबल ’याद’ ।

त्यहि अतित लाई सम्झना दिलाउने त्यो यादलाई स्वर्गीय आनन्ददायी बनाउन आज हामी दौडिएरहेकाछौ । जीवनको अन्तिम पलहरुमा पनि हामिलाई हसाईरहने मात्रै यादले हो । त्यो अन्तिम पलको सुखद यादहरु सजाउन हामिले बर्तमानलाई सुन्दर बनाउनै पर्छ, सुखद बर्तमान बिना अतीत सुखद हुनै सक्दैन । सुखद बर्तमान र आनदायिक जीवनका लागि काम, क्रोध, लोभ, मोह र ईष्र्याको पन्चबली दिएर समग्र मानब हितमा लाग्नुको अर्को बिकल्प छैन यदि हामीले आनन्दित हुने चाह राख्ने हो भने । यसर्थ यो विषम परिस्थितिमा सहयोगि बनौ, सहायता गरौ ।

प्रकृतिले फेरि सिङ्गो मानव समुदायलाई एउटा राम्रो अबसर दिएको छ यो अबसरमा घर (परिवार ,आफ्नो (आफन्त सगै सिङ्गो प्राणीहरुको हितमा सुकर्म गर्दै आफ्नो मनलाई स्वच्छ र स्वस्थ राख्दै स्वयंलाई प्रेम गर्ने ।

अबको संसार अरुको कुभलो नगर्ने असल मानवहरु मात्रको संसार होस । अध्यात्मबाद अबको जीवन जिउने मुख्य वाद बनोस कामना ।

अन्त्यमा, अग्निले प्रकाश, न्यानोपना, सुगन्ध पनि फैल्याउछ अध्यारो, धुवा, दुर्गन्ध पनि । जसरी टायर बालिन्छ भने त्यसले बाताबरण प्रदुषित र दुर्गन्ध सिर्जना हुन्छ ।

यदि चन्दन, कपूर बालिन्छ भने त्यसले सुगन्ध सिर्जना गर्दछ । त्यहि अग्निले बाताबरण दुर्ग्न्धित पनि बनाउछ , सुगन्धित पनि , बाताबरण असुद्ध पनि बनाउछ शुद्धिकरण पनि ।

प्रत्येक मानिसमा अग्नि बिध्यमान हुन्छ । यदि तिम्रा विचारहरु सत्कर्ममा लागेका छन् भने तिमीले प्रकाश र सुगन्ध फैल्याउ । लेखक अजय मल्ल ठकुरी , ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष हुन ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv