सरकार र राजनीतिक दललाई शाह को प्रश्न : राजनीति पार्टीले गर्ने हो की सरकारले ? (बिचार)

काठमाण्डौं,बैशाख १४ । राजनीति पार्टीले गर्ने हो की सरकारले ? यदी सरकारले राजनिती गर्ने हो भने पार्टी खारेज गरी दिए हुन्छ। होइन भने पार्टीको यो बिजोक किन ? आज तमाम हामी पार्टीको कार्यकर्ताले छौंडा, झोले, अरिङ्गाल जस्ता गालीदिने मानमर्दन हुने उपनामहरु पाएका छौ । के हामीले यही उपनाम प्राप्त गर्नका लागी आफ्नो उर्वर यौवन बली दान दिएका हौ ? पक्कै होइन। बिगतलाई कोट्याउदै ति दिनहरु आज सम्झदा गर्वले छाती फुल्नु पर्नेमा तर आज किन हिन्ता बोध हुंदैछ ?

पार्टीको निर्देशनमा जिवन लाई हत्केलामा राखेर दिनभरी मोर्चामा खड्दा खाजा र खानाको रुपमा मुसुराको दाल र चीउरा खाएको कती कमरेडहरूलाई सम्झना होला ? बिपक्षी संग लड्दा भिड्दा हराउनेको सुचीमा आफ्नो नाम बागबजार रत्नपार्कको त्यो रातो घरको सुचना पाटीमा प्रकासीत भएको, बानेश्वर र बुद्धनगरको भिडन्तबाट लखतरान भई मैतीदेवीमा बन्दै गरेको एकजना कमरेडको घरमा रात बिताएको, दिनहुं जस्तो नेपाल ल क्याम्पस, रत्नराज् क्याम्पस, त्रि चन्द्र क्याम्पस, ताहाचल क्याम्पसमा हुंने भिडन्तमा सहभागी हुंदा घाइते भएको साएद कमरेडहरूले भुल्नु भएको छैन होला।

विध्यारथी जिवन पार गरी पेसागत र भुगोलमा आज सम्म पार्टीको निर्देशनलाई शिरोधार्य गरी बिना मोल हिज्जा, बिना स्वार्थ, बिना लोभ सिर्फ आस्थाको आधारमा आज सम्म गरेको योगदानलाई कसैले मेटेर मेट्न सक्दैन होला । यि तमाम कार्यमा सहभागी हुंनुको उदेष्य सिर्फ सिर्फ देश र जन्ताको खातीर हो। आजको दिन सम्म ती सहयात्री कएंउ कमरेडहरूले आफ्नो ज्यानको आहुति दिनु भएको छ भने कएंउ कमरेडहरू पार्टीको नेतृत्व तहमा रहनु भएको छ भने कती कमरेडहरू सभासद मन्त्री हुनुहुन्छ। ति सबै कमरेडहरूको बिगतदेखी आज सम्मको धेर थोर जानकारी ताजै छदैछ।


कमरेडहरू आदी उमेर यही पार्टीको सदस्य हुंदैमा बिती सक्यो त्यसकारण पार्टीले गलत बाटो अंगाल्दा आगो बल्नु स्वभाबीक छ। पार्टीले देश र जन्ताको हित गर्छ भन्ने आस्था र बिस्वास को आधारमा म जस्ता लाखौ सदस्यहरु ले आफ्नो रगत र पसीना बाट पार्टीलाई सिंचीत गर्यो तर त्यसको मुल्य देशले चुकाउनु के राम्रो हो ? कदापी होइन यदी होइन भने किन हामी मौन ? देश भन्दा ठुलो पार्टी र देशको झण्डा भन्दा प्यारो पार्टी को झण्डा कहीले हुंन सक्दैन। यदी कोंही कमरेडहरूलाई प्यारो लाग्छ भने ति कमरेडहरु नत देश भक्त हुन सक्छ नत पार्टीको बफादार सिपांई हुन सक्छ त केबल छौडा, झोले, झ्याम्टे, अरींङगाल आदी आदी ।


पार्टीलाई देश द्रोह राज द्रोहबाट जोगाउने हामी सबैको जिम्मेवारी हो। जब सम्म हामीले पार्टी र सरकारको गलत निती र कार्यक्रमको साहासको साथ डटेर बिरोध गर्दैनौ तब सम्म एउटा कम्युनिस्ट कार्यकर्ता भएको अर्थ हुंदैन। कम्युनिष्ट राष्ट्रबादी हुन्छ र राष्ट्रको लागी जिवन उत्सर्ग गर्छ भन्ने शिक्षा दिने ए अग्रज कमरेडहरु हो पार्टी लाई देश द्रोह र राज द्रोहको आरोप लाग्न बाट र म जस्तो एउटा सामान्य कार्यकर्तालाई छौडा, झोले, झ्याम्टे अरींङगाल जस्ता उपनाम रहन बाट जोगाउ ने कस्ले ? । साथ साथ कमरेडहरु हामी आफु सच्चा देश भक्त र पार्टीको बफादार सिपांई हुनेकी देश द्रोही राज द्रोही पार्टीको सदस्यको रुपमा छौडा, झोले झ्याम्टे अरींङगालको रुपमा परीचीत हुंने हो त्यो पनी हामीमा निर्भर छ। जय देश । लेखक नेकपा बुढानिलकण्ठ नगरपालीकाको नगर कमिटी सदस्य हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv