युवा बर्ष मोती २०७५ ले दुई साहित्यकार सम्मानित

काठमाण्डौ २४ भदौ । १५३औं मोती जयन्तीका अवसरमा युवा साहित्यकारद्धय केशब सिक्देल र चन्द्र राना हँछालाई युवा बर्ष मोती २०७५ द्धारा सम्मानित गरेको छ । आईतबार राजाधनिमा राष्ट्रिय युवा कोषले आयोजना गरेको बिशेष कार्यक्रममा उक्त पुरस्कार बितरण गरिएको हो । वहाँहरुलाई रु ५० हजार नगद र स्वर्ण पदक सहित सम्मानित गरिएको छ ।

सो कार्यक्रममा नेपाली साहित्य क्षेत्रका बिशिष्ठ ब्यक्तीहरुको उपस्थिती रहेको थियो । पुरस्कार लिए पछी साहित्यकारद्धयले मन्तब्यको क्रममा भने ” यो पुरस्कार पछी जिम्मेवारी थपिएको छ ।” पुरस्कार छनौट समितिका अध्यक्ष एवम बरिष्ठ साहित्यकार काली प्रसाद रिजाल ले भने “शुरु शुरुमा धेरै रचनाहरु आउँथे धेरै को नाम आउँथ्यो र त्यसमा छुट्याउन त्यती अफ्ठ्यारो हुँदैनथ्यो, अहिले भने ज्यादै गहन भएर गएको मैले मसहुस गरेको छु ।”

४२ सालमा स्थापित सो पुरस्कारबाट हाल सम्म ६५ युवा श्रष्ठा समानित भई सक्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv