सम्झनामा मदन भण्डारी : “अनि उनले आफ्नो बारे बताए मेरो नाम सागर हो” – शारदा भुसाल (झा)

काठमाण्डौं, जेठ ४ । जतिबेला १३ वर्ष कि थिएँ, म बागबजारको त्यो भवन सम्झन्छु जहाँ नेकपा मालेको पार्टी कार्यालय थियोे । मोदनाथ प्रश्रीतले हात समातेर त्यहाँ लग्थे । एकदिनको कुरा हो पार्टी कार्यालयमा बैठक रहेछ बैठकमा जानुपर्ने भएपछि मलाई कहाँ लगेर छाड्ने भन्ने भएछ र अँध्यारो कोठा देखाउँदै त्यहाँ एकछिन बस्दै गर म बैठकमा जान्छु तर कसैले केही सोध्यो भने केही नभन्नु ।

मलाई अँध्यारो कोठामा छोडेर उनी बैठक कोठामा छिरे । म अँध्यारो कोठामा एकछिन बसेपछि बिस्तारै उज्यालो छिर्न लाग्यो । कोठा भित्र दुई तीन कुर्सी थिए । एउटा दराज र एउटा खाट अनि केही ओछ्याउने कपडा थिए । त्यही खाटमा एकजना मानिस सुतेका थिए । उनलाई देखेर म होशियार भएँ । भित्ता तिर फर्केर सुतेका उनी कोल्टो फर्के । उनको निंद टुट्यो उनी मलाई देख्नासाथ झसङ्ग भएर उठे ।

म उनकै डरले कुर्सी बाट उठेर त्यहीँको कुनामा टाँसिएँ । त्यो बेला केटा मान्छे देखि निकै डराउँथें त्यतिबेला त्यहाँ अरु कोहि थिएन म डरले न चिच्याउन सकें न केहि बोल्न नै । थरथर काँपेकी थें ।

उनी खाट बाट उठेर कुर्सी तिर बढे मेरा आँखा बाट आँसु झर्न थालिसकेको थियो । मेरो अवस्था देखेर उनी फर्केर खाटमै गइ बसे र उनले भने,आउ छोरी कुर्सीमा बस म संग डराउनु पर्दैन । म केही गर्दिन ।

उनको आवाजमा आत्मीय भाव थियोे । उनलेे किन डराएको ? तिम्रो नाम के हो ? तर म बोलिन । मोदनाथको आदेश कसैसँग नबोल्नु भन्ने थियोे । बोलेको देखे वा कसैले सुनाइदिए मैले चरम यातना सहनु पर्छ भन्ने सम्झें । मैले अरु दिन पनि ती व्यक्तिलाई पार्टी कार्यालयमा धेरै पटक देखेकी थिएँ । उनको आत्मियता मीठो बोली पटकपटक को कुर्सीमा बस भन्ने अनुरोधले म बिस्तारै कुर्सीमा गइ बसें ।

अनि यताउता हेर्दै थें कोहि आएको त छैन ? उनले भने यहाँ कोहि छैन तिमी र म मात्रै छौं नडराइ आफ्नो नाम भन म छोरीलाई केहि गर्दिन । धेरै पटक सोधिरहे पछी अलिकति हिम्मत बाँधेर बोल्न खोजें बोली लर्बरियो र पनि बिस्तारै मेरो नाम शारदा भने, । उनलेे मेरो पढाई सोधे, कहाँ घर हो ? को संग बस्छौ ? आदि इत्यादि सबै कुरा भयो ।

म मोदनाथ संग बस्ने गुणनिधी भुसालको छोरी सबै थाहा पाएपछि उनलेे भने, तिमी बिरामी बहुलाएको भन्ने सुनेको थिएँ के भएको छ तिमिलाइ ? म त ठिकै देख्छु । केही भएकै रहेनछ । उनले थपे, यतै पढे पनि उतै पढेपनी मन लगाएर पढ्नु । ठुलो मान्छे बन्नुपर्छ । म उनको कुरा चुपचाप सुनिरहें ।

अनि उनलेे आफ्नो बारे बताए मेरो नाम सागर हो, मलाई सागर अंकल भन ल मैले टाउको हल्लाएर हुन्छ भने । पार्टी कार्यालय जाँदा आउँदा उहाँ ठुलै नेता भएको थाहा पाएँ र अब फेरि भेट हुँदा तिनै सागर अंकललाई भनेर मदन भण्डारी संग भेट गर्ने आफुमाथी भएका अन्याय, यातना र शारीरिक शोषणका बारेमा बताउने विचार गरें ताकी त्यो नर्क बाट मुक्ति मिलोस ।

सागर अंकल ठुलो नेता मदन भण्डारी पार्टीको महासचिव यही बुझेकी थिएँ मैले । फेरि दुई दिन पछि पार्टी कार्यालय जाँदा सागर अंकल शीत भेट भयो । मेरो एक हात मोदनाथले समातेको हुनाले एक हातले नमस्कार गरें । अनि सागर अंकलले इशाराले बोलाउनु भो मैले मोदनाथले समातेको हाततिर इशारा गरें अनि आवाज दिएर छोरी यहाँ आउ भन्नू भो अँध्यारो मुख लगाउँदै मोदनाथले हात छोडे । अंकलले भन्नू भो हिंड, हामी त्यही अँध्यारो कोठामा गयौं । उहाँ कुर्सीमा बस्नु भो म भुइँमा बसें त्यो देखेर उहाँ खाटमा बस्नु भो म कुर्सीमा बसें अनि बिस्तारै भने, अंकल मलाई मदन भण्डारी संग भेट गराइदिनुस न जरुरी काम छ भने, उहाँ हाँस्दै भन्नू भो मै हुँ मदन भण्डारी तर मैले पत्याउँदै पत्याइन ।

पटकपटक उहाँले मै मदन भण्डारी हुँ भन्दा पनि पत्याइन विश्वास नै गर्न सकिन अनि उहाँ दिक्क मानेर उठेर जानू भो ।

त्यसपछि देखादेख भएनी बोलचाल हुँदैनथ्यो । बागवजारको त्यो पार्टी कार्यालय भवन, गेट बाट भित्र पस्दा दायाँ तिर खाली ठाउँ थियोे भने बायाँ तिर भवनको भर्र्याङ् माथी पुग्दा दाहिने तिर मनकुमार गौतम अंकल फोन रिसिभ गर्नुहुन्थ्यो । बायाँ तिर त्यही अँध्यारो कोठा थियोे । पुर्व तिर बैठक कोठा बिचको कोठामा जीवराज आश्रीत भनेर लेखिएको थियोे तर उहाँ संग मेरो कुराकानी भएन उहाँ बोलेको निकै कम सुन्याथें अर्को पश्चिम पट्टीको कोठामा सबै नेताकार्यकर्ता भेटघाट गर्थे पत्रीका पढ्थे गपशप गर्थे तर सागर अंकल अरु भन्दा भिन्नै थिए । त्यतिबेला मदन भण्डारी को भाषण टेप रेकर्डरमा सुन्थे ।

म केहि महिनामै मोदनाथको बाट भाग्न सफल भएँ घरबाट पनि खेदाइयो म

मदन भण्डारीलाई रेडियो समाचारमा मात्रै सुन्न थालें अनि म तराई हुँदै सोलुखुम्बु पुगें मदन भण्डारीको हत्या हुँदा म सोलुखुम्बु भएको कारण दासढुंगा पुग्न सकिन निकै रोएँ ।

सागर अंकललाई मनमनै गाली गर्थें । मैले लामो समय रेडियो समाचारमा मात्रै सुनिरहें । जब म महोत्तरी बस्न थालें अनि पत्रपत्रिका पढ्ने टिभी हेर्ने समाचार सुन्ने आदि इत्यादि मौका जुरेपछी बल्ल थाहा भो सागर अंकल नै मदन भण्डारी हुन भन्ने कुरा त्यसपछि यति रोएँ र आज पनि उहाँको सम्झना आउँदा आँखा बाट आँसु बग्छ । सागर अंकल नै मदन भण्डारी रैछन यो बुझ्न मलाई उहाँ बितेको एक एक वर्ष र सागर अंकललाई चिनेको ५ वर्ष लाग्यो । लेखिका भ्रष्टाचार बिरोधी अभियानकर्ता हुनुहुन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv