यि साहसी युवक जसले कोरोनाले मृ’त्यु भएको महिलाको शव बोक्न तयार भए
काठमाण्डौ,जेठ ४ । धुलिखेल अस्पतालमा पहिलो पटक कोरोनाका कारण एक महिलाको निधन भएपछि उनको शवलाई साहसका साथ अन्त्यष्टिका लागि लैजाने युवाहरुको चर्चा भएको छ । कोरोनाका त्रा सका कारण अन्य कारणले निधन भएकाहरुको शव बोक्न पनि अहिले शव वाहन र आफन्त डराउने गरेका छन् । यस्तो अवस्थामा कोरोनाकै कारण निधन भएकी महिलाको शव ब्यवस्थापन थप चुनौती थियो । तर राजेश गैजु र अरुण सैजुले देखाएको शाहसको अहिले चर्चा भएको हो ।
कोरानोका कारण महिलाको निधन भएपछि उनको शवको पशुपतिस्थित विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गर्ने निर्णय भयो । शव वाहन खोन्दा कसैले पनि बोक्न मानेनन् । तर यस्तो अवस्थामा भक्तपुर सिद्धपाखरीका ३१ वर्षीय अरुण सैंजु र जेलाका ३० वर्षीय राजेश गैंजु भने त्यो कामका लागि तयार भए । उनीहरुले यस अघि लिएको तालिमले नै त्यो साहस दिलाएको थियो ।

महानगरीय प्रहरी परिसर र विरदल गणले निजी गाडीलाई कोभिड एम्बुलेन्स बनाएर उनीहरुलाई शव व्यवस्थापन गर्ने तालिम दिएर राखिएको थियो । उनीहरु भक्तपुर अस्पतालको चौरमा टेन्ट हालेर लकडाउन सुरु भएदेखि नै बसिरहेका थिए । महिलाको अन्त्यष्टिका लागि शव लैजाने मानिस तयार नभएको अबस्थामा उनीहरु भने आफै नेपाली सेनाको विरदल गणका कर्णेल शिव पौडेललाई भेटेर त्यो काम आफुलाई दिन प्रस्ताव गरे काभ्रेबाट शव लान गाडी नपाएको जानकारी पाएपछि उनीहरु आफैले त्यो प्रस्ताव राखेका हुन् । यो आपत टार्न नेपाल स्काउटको रोबर लिडर राजेश र स्काउट मास्टर अरुण तयार भएपछि काभ्रे प्रशासनले राहत महशुष गर्यो ।
सेनाले उनीहरुलाई कोरोनाबाट मृ त्यु भएको शव कसरी व्यवस्थापन गर्ने भनेर तालिम पनि दिएको थियो । शनिबार साँझ साढे साते बजेतिर उनीहरु भक्तपुरबाट धुलिखेल अस्पताल गए । जहाँ कोरोनाका कारण बिहीबार राति १० बजे मृ त्यु भएकी महिलाको शव थियो ।

भक्तपुरबाटै पीपीई सेट लगाएर गएका थिए उनीहरु । अरु सुरक्षा अधिकारी अस्पतालको बाहिरै बसे उनीहरुले स्ट्रेचरमा प्लास्टिकमा बेरेर राखेको शव ब्यवस्थापनमा लागे । भुँइमा शवबाट बगेको र ग त सफा गरे र पशुपतिको शवदाह स्थल तर्फ लिएर गए । भक्तपुरका प्रहरी र सेना प्रमुख, काभ्रेको प्रहरीको गाडीले स्कर्टिङ गरेर शव पशुपति लगियो । उनीहरुले महिलाको शव कोरोना संक्रमितको शव ब्यवस्थापन गर्ने कार्यविधि अनुसार अन्त्यष्टि गरे ।
शव जलाएपछि पीपीई सेट लगाएका मृ त ककी श्रीमानलाई काभ्रेको धुलिखेल अस्पताल नै फिर्ता पठाए । उनीहरु भने आइसोलेशनमा बस्न सूर्यविनायक डाँडामा रहेको विरदल गण तिर लागे ।