कोरोनाबाट मृ’त्यु भएकी महिलाको १२ दिने शिशु पनि अस्वस्थ्य, देखियो यस्तो रोग

काठमाण्डौ,जेठ ४ । कोरोनका कारण विहिवार निधन भएकी सुत्केरी महिलाको नवजात शिशु पनि अस्वास्थ्य भएको बताइएको छ । १२ दिनका नवजात शिशुलाई जण्डिस (कमलपित्त) देखिएको छ । आमाको कोरोनाको कारण निधन भएपछि उनको शिशुलाई पनि आइसोलेसना राखिएको छ ।

महिलाको पति र शिशुलाई आइसोलेसनमा भर्ना गरेर स्वास्थ्य परिक्षण गरिएको हो । पतिको स्वाव परिक्षणका लागि पठाइएको छ । शिशुमा भने जण्डिस देखिएको अस्पतालले जनाएको छ । महिलाको स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार नै उनका पति र नवजात शिशुलाई अस्पतलमा भर्ना गरिएको हो ।

धुलिखेल अस्पतालका प्रवक्ता सुमनराज ताम्राकारले शिशुमा जण्डिस देखिएको पुष्टि गरेका छन् । कोरोना परिक्षणका लागि लिइएको स्वावको रिपोर्ट भने आइनसकेको चिकित्सकले बताएका छन् । त्यसका लागि भोली सम्म कुर्नुपर्ने छ । समय नपुगी शिशु जन्मिएको थियो ।

जेठको २२ गते चिकित्सकले समय दिएको भएपनि वैशाख २४ गते नै शिशुको जन्म भएको थियो । महिलाले नर्मल अवस्थामा नै शिशुलाई जन्मदिएकी थिइन् । शिक्षण अस्पतालमा नर्मल अवस्थामा सुत्केरी भएकी महिला सिन्धुपाल्चोक स्थित घर पुगेपछि वैशाख ३१ गते स्वास्थ्यमा समस्या आएपछि धुलिखेल अस्पताल ल्याइएको थियो । जण्डिस देखिएको शिशुको अहिले आइसोलेसनमा उपचार भइरहेको छ । बालरोग विशेषज्ञसहित स्वास्थ्यकर्मीको टोली शिशुको उपचारमा खटिएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv