चलचित्रका चर्चित जोडी प्रदीप खड्का र जसिता गुरुङ पुन ‘लभ स्टेशन’ मा देखिदै

काठमाण्डौ २८ भदौ । आगामी ५ असोजबाट छायांकन हुने तयारीमा रहेको चलचित्र लभ स्टेशनको गृहकार्य भैरहेको छ । अहिले स्कृप्टको काममा निर्माण टिम लागिरहेको जनाएको छ ।

छायांकन हुने चलचित्रको लोकेशन हेर्न एक महिना अघि निर्माता गोबिन्द शाही र अभिनेता प्रदिप खड्का दार्जिलिङ, सिक्कीम लगायतका स्थानमा पुगेका थिए । पुर्ण प्रेम कथामा आधारित लभ स्टेशनलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । निर्माण टिमले अनौपचारीक पत्रकार भेटघाट मार्फत चलचित्रबारे जानकारी गराएको हो ।

चलचित्र लभ स्टेशनमा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायतका कलाकारको अभिनय रहने जनाएको छ ।

ठाउँको नामको आधारमा चलचित्रको नाम लभ स्टेशन न्वारन गरिएको निर्देशक उज्जवल घिमिरेले बताए । चलचित्रलाई उज्वललेनै लेखेका हुन । यसलाई उनले ड्रिम्स् प्रोजेक्ट समेत भनेका छन् ।

यसअघि लिलिबिली मार्फत चलचित्रमा देखिएकी जसिताले लोकप्रिय अभिनेता प्रदिप तथा अनुभवी निर्देशक उज्वल घिमीरे लगायतको टिम संग काम गर्न पाउँदा खुसी लागेको बताईन् । उनले चलचित्रको कथा मन परेकाले साईन गरेको समेत खुलाईन् ।

काफिया फिल्मस्ले यसअघि निर्माण गरेको लिलिबिली अघिल्लो वर्षको सर्वाधिक हिट चलचित्र हो । ४५ दिन छायांकन अबधि तय गरिएको यो चलचित्र आगामी फागुनको अन्तिम साता प्रदर्शन गर्ने तयारी गरिएको छ ।

आलोक शुक्लाको छायाँकन,शम्भुजीत बासकोटा,दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जिलिङ उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv