नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट बजार खोल्ने घोषणा

काठमाण्डौं,जेठ २२ । कोरोना भाइरसको विश्वव्यापी असरले यतिबेला नेपालको अर्थतन्त्र र विशेष गरी औद्योगिक क्षेत्र नराम्ररी प्रभावित भएको छ । लामो समयको बन्दाबन्दीले उद्योगी व्यवसायी मारमा परेका छन् । बैंकको चर्को ब्याजदर तिरेर उद्योग व्यवसायमा लगानी गरेकालाई झनै समस्या भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले आजबाट बजार खोल्ने घोषणा गरेको छ । लकडाउन घोषणा भएको ७२ औं दिनका दिन ब्यबसायीहरुले अब अत्ति भएको र गरिखानका लागी पनि बजार खोल्नपर्ने भन्दै बिहिबारदेखि व्यवसायीहरुले लकडाउन तोड्दै पसल खोल्ने निर्णय गरेका हुन् ।

बुधवार बसेको महासंघको निर्णयले बिहीवार नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गर्दै एक प्रेस विज्ञप्ति समेत सार्वजनिक गरेको छ ।

विज्ञप्तिमा उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु खुल्ने उल्लेख छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्नेछ ।

बैंकले साँवा ब्याजको ताकेता गर्दा, घरबेटीले घरभाडा माग्दा टुलुटुलु हेरेर बसेको सरकारको निर्णय मान्दा अब चल्नै नसकिने अवस्था आउने भन्दै अब व्यवसाय नखोले व्यवसाय पुन सुचारु गर्ने अवस्था नरहने भन्दै यस्तो निर्णयमा पुगेको व्यवसायीहरुले बताएका छन् ।

त्यस्तै यस्तो समयमा आन्तरिक राजश्व विभागको कर विवरण तथा कर बुझाउनेसम्बन्धी सूचनाले प्रदेश नं ५ का उद्योगी व्यवसायीले आफूहरुलाई आक्रोसित बनाएको बताएका छन् । विभागले यही जेठ २५ गतेभित्र कर बुझाउनका लागि सूचना प्रकाशित गरी समयमा कर नबुझाए जरिवाना लाग्ने जनाएको छ ।

उद्योगी व्यवसायीले भने केही समय कर दाखिला गर्न सक्ने अवस्था नभएको बताएका छन् । बन्दाबन्दीका कारण उद्योग व्यवसाय ठप्प रहेकाले सरकारले भनेको समयमा कर तिर्न नसक्ने उनीहरुको भनाइ छ । जेठको ३२ गतेसम्म सरकारले बन्दाबन्दी घोषणा गरेकाले जेठ २५ गतेभित्र कर बुझाउन भन्नु अव्यावहारिक भएकाले निर्णय फिर्ता लिन उद्योगी व्यवसायीका सङ्घ सङ्गठनले माग गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv