सिन्धुपाल्चोकको मेलम्ची बजारमा हरितालिका तिज धमाका-२०७५ सम्पन्न

काठमाण्डौ २९ भदौ ।’वर्क फर नेपाल फाउण्डेशन’ले चेलीबेटी बेचबिखन बिरुद्धको आवाज उठाउँदै ‘हरितालिका तिज धमाका-२०७५’मनाएको छ । शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मावन बेचबिखन तथा ओसारपोसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरुको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम गरी मनाएको हो ।

प्रमुख अतिथी सिन्धुपाल्चोकका माननीय पुर्व न्याय तथा कानुन मन्त्री शेर बहादुर तमाङ ले मादल बजाएर उद्घाटन गर्नु भएको थियो । कार्यक्रम वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकको संयुक्त आयोजनामा भएको हो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख ,उपप्रमुख प्रहरी, शेनाका प्रमुख लगायत राजनैतीक दलका ब्यक्तीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका लागि कलाकारहरु काउली बुढी सन्ध्या बुढा,बरिष्ठ गायक प्रेम लोप्चन, इन्दिरा गोले , हास्य कलाकार दिनेश काफ्ले,सुबास केसी गायक निलमणी भण्डारी तथा स्थानिय कलाकारहरुले आ-आफ्नो प्रस्तुती देखाएका थिए । सो कार्यक्रम हेर्न दर्शकहरुको बाक्लै उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv