स्तन क्यान्सर पीडित बिपन्न परिवारकी महिलालाई इजरायलबाट आयो आर्थिक सहयोग

काठमाण्डौं ,असार २ । बिपन्न परिवार की स्तन क्यान्सर लागेकी एक महिलालाई इजरायलमा रहेको सहयोगी मनहरुको समाज नामक संस्थाबाट सहयोग प्राप्त भएको छ । मानव सेवा आश्रम भक्तपुर मा शरण लिएकी उक्त महिलालाई संस्थाका अभियानता लक्ष्मी राइ को सकृयातामा अभियानना हरी मानन्धर ले पीडितलाई हस्तान्तरण गर्नु भएको हो ।

इजरायलमा रहेका नेपालीहरुले स्थापना गरेको परोपकारी सस्था सहयोगी मनहरुको समाज इजरायल शाखाले यो सहयोग रकम पठाएको हो ।

संस्थाले पैसाको अभाबमा उपचार नपाएर अप्ठेरोमा परेका गरिब दुखिहरुलाई यस सस्थाले सहायोग गर्दै आइ रहेको छ । “टुर,पिकनिक,जन्म दिन र पुण्य तिथि जस्ता विभिन्न कार्य बाट बचत र प्राप्त सहयोग बाट हामी गरिब दीनदुखीहरुलाई सकेको सहयोग गर्दै आइ रहेका छौ ।” संस्थाका अभियानता सुमन कार्की ले बताउनु भयो ।

त्यस्तै अभियानता हरी मानन्धरले “आज सानो सहायोग लिएर तपाइ सामु आइ पुगेको हो । यो त्यति ठुलो रकम त हैन तै पनि दुखको यस स्थितिमा सानो सहायो मिल्ने कुरामा आशा गर्दछौ र तपाइको स्वास्थ्य लाभको कामना गर्दछौ । यस सहयोगी कार्यमा सृजनसिल महिला समुह इजरायलको बिशेष साथ् र सहयोग रहेको छ हामी सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद प्रदान गर्दछौ ।” बताउनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv