मनसुन सँगै शुरु भयो रोपाईँ

काठमाण्डौ,असार ४ । देशभर मनसुन शुरु भएको छ । गाउँघरमा रोपाइँ गर्न थालिएको छ ।

केहिदिन देखि तराई र पहाडी भुभागमा बर्षा भए यता किसानलाई बाँझो खेतमा आलि लगाउन र पानी थुनेर धान रोप्न ब्यस्त देखिन्छन् । लकडाउन छ ,धेरैका परिवार घरमै छन । त्यसैले पनि यसपालिको खेतीपाती गर्न सहज हुने देखिन्छ ।

घर घरमा मौसमी तरकारी ,मकै,कोदो, धान लगायतका उब्जनी निकै बढ्ने सम्भावना देखिन्छ । सरकारले कृषिमा पनि पहिलो प्राथमिकता राख्दै बिशेष बजेट छुट्याएको छ । रोपाइँ भन्ने बित्तिकै पानीले भरिएको खेतमा छपाक्छुपुक गर्दै हिलो छ्याप्दै रोप्नु को मज्जा बिग्लै रहन्छ । बिहानै देखी बियाडेहरु खेतमा बियाड निकाल्न ब्यस्त हुने र खेतमा जमेको पानी सँगै धान रोप्नेको रौनक बेग्लै रमाइलो हुन्छ ।

समय र प्रबिधी को बिकास सँगसँगै शहरी बिकासले नेपालमा खाद्ध्यान्न उत्पादन हुने क्षेत्र अहिले प्लटिङ गरी घरहरु बन्दै छन । खेतीयोग्य जमिन बिस्तारै लोप हुने अवस्थामा छन । सरकारको उचित कदम र कृषि उत्पादनमा परनिर्भर भएका कारण यसको प्रभाव परेको देख्न सकिन्छ ।
कोरोना रोगको महामारीका कारण लाखौंँ नेपाली स्वदेश फर्कदै छन । अब सरकारले देशभरका कृषि उत्पादन हुने क्षेत्रको पहिचान गरी सो क्षेत्रमा बिदेशबाट फर्किएर आउने युवाहरुलाई जग्गाको ब्यवस्था गरी कृषि उत्पादनमा जोड दिनु अहिलेको पहिलो प्राथमिकता हुनु पर्दछ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv