मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारतीय महिला पक्राउ

मकवानपुर,असार ६ । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले प्रदेश ३-०३-००१-ह ००६१ नम्बरको अटोमा बारा जितपुर हुँदै भारततर्फ लैजाने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ पशुपतिनगरस्थित सडकबाट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्धामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv