जापान ले ल्यायो नयाँ कोरोना जाँच गर्ने नयाँ प्रबिधी २५ मिनेटमै घरमै बसेर परीक्षण गर्न सकिने

एजेन्सी,असार ९ । जापानले घरमै बसेर कोरोना भाइरस परीक्षण गर्न सकिने प्रविधिको विकास गरेको छ ।

जापानको अनुसन्धानकर्ताहरुको एक टोलीले नाकबाट स्वाव लिएर परीक्षण गर्न सकिने विधिको विकास गरेको हो ।
उक्त परीक्षण विधिबाट २५ मिनेटमै परीक्षण रिपोर्ट प्राप्त हुने जनाइएको छ ।

जापानी विश्वविद्यालयहरुसँग मिलेर काम गरिरहेको एक मेडिकल फर्मले उक्त परीक्षणको काम गरिरहेको बताइएको छ । यो विधिबाट कुनै पनि मानिसले आफ्नै घरमा बसेर कोरोना परीक्षण गर्न सक्ने र २५ मिनेटपछि नतिजासमेत हेर्न सक्नेछ ।

जापान मात्र होइन, बेलायतमा पनि यो खालको विधिको परीक्षण भैरहेको छ । बीबीसीमा उल्लेख भएअनुसार, यो परीक्षण सफल बनाउनका लागि १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु खटिइरहेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv