टिकटकमा चर्चित बलिउडकी चर्चित कलाकारले गरिन देहत्याग

एजेन्सी,असार १२ । बलिउडमा एक चर्चीत कलाकारलाई गुमाएको खबर सेलाउन नपाउँदै अर्को एक कलाकारले पनि सुशान्तकै वाटो अपनाएकी छन् । भारतमा एक अर्की कलाकारले देहत्याग गरेको समाचार भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी सुशान्त जस्तै फिल्मी जगतकी नभएर टिकटक कलाकार हुन् । टिकटक मार्फत निकै चर्चीत बनेकी १६ वर्षीया सिया कक्करले देहत्याग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले किन त्यस्तो निर्णय गरिन् भन्ने खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको भएपनी उनले कुनै नोट छोडे नछोडेको कुरा पनि सार्वजनिक भएको छैन ।

अघिल्ले दिन सम्म पनि खुसी मुडमै देखिएकी उनको अचानक यस्तो खबर पाएर फ्यान दुखी भएका छन् । उनले अघिल्लो दिन पनि टिकटक भिडियो सार्वजनिक गरेकी छन् । जसमा उनी खुसी नै देखिन्छिन् । देहत्यागको त्यस्तो कुनै संकेत भिडियोा गरिएको छैन । उनी कुनै कुरालाई लिएर चिन्तित भएको संकेत भिडियोवाट पाउन सकिदैन । भारतीय सञ्चार माध्यमले कक्करसंग सम्बित एजेन्सीसंग पनि गरिएको कुराकानीले उनले त्यस्तो निर्णय किन गरिन् भन्ने नखुलेको जनाएको छ ।
घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन्।

जसमा उनले कुनै संकेत गरेकी छैनन्। केही दिन चर्चित कलाकार सुशान्त सिंह राजपुतले पनि देह त्याग गरेका थिए । उनको निधन पछि बलिउडमा नयाँ वहस सुरु भएको छ । सुशान्त निधनको घटना निकै पेचिलो बन्दै गएको छ । उनको निधन भएको ११ दिन पछि पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । बलिउडले सन् २०२० मा इरफान खान, ऋषी कपूर र पछिल्लो समय सुशान्त सिंह राजपुत जस्ता दिग्गज कलाकार गुमाएको छ



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv