सन्दीप लामिछाने को मूल्य अब १ करोड कसले लियो उनलाई ?

काठमाण्डौं,असार २३ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा १ करोडमा बिक्री भएका छन्। तेस्रो पटक सीपीएलमा आवद्ध भएका उनलाई सोमबार जमैका तालावाजले आफ्नो टिममा लिएको हो।

सन्दीपले ड्राफ्टमा आफ्नो मूल्य १ करोड ७ लाख ५० हजार बराबर (९० हजार अमेरिकी डलर) राखेका थिए। उनलाई तालावाजले दोस्रो राउन्डमा आफ्नो टिममा पारेको हो।

उनी आवद्ध टिममा आन्द्रे रसेल, ग्लेन फिलिप्स लगायतका स्टार खेलाडी रहेका छन्।

सन्दीपले तालावाजमा आवद्ध हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन्। उनले यस्तो ठूला प्रतियोगिता खेल्न पाउनु अवसर भएको बताएका छन्। ‘मेरो लागि टिमको नतिजा पहिलो हुन्छ’, उनले भने ‘ठुलो प्रतियोगितामा ठुला खेलाडीसँग खेल्न पाउँदा आफ्नो स्ट्रेन्थ थाहा पाउन र देखाउन पाइन्छ।’

यसअघि गत सिजनमा सन्दीप बार्बाडोज ट्रिडेन्समा आवद्ध थिए। उनको टोलीले उपाधि कब्जा गरेको थियो। तर उनी भने फाइनल खेल्नबाट बञ्चित भएका थिए। नेपाली राष्ट्रिय टिमको सिंगापुर र ओमानमा भएको टी–२० सिरिजका कारण उनले ६ खेल खेलेपछि बाँकी खेल गुमाउनु परेको थियो।

त्यस्तै उनले सन् २०१८ को सिजनमा सेन्ट किट्सबाट सीपीएल खेलेका थिए।

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यसपटकको लिग एक देशमा मात्र हुने बताइएको छ। लिग आगामी अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म हुने आयोजकले जनाएको छ।यो समाचार आजको अन्नपूर्णले छापेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv