गृहमन्त्रालयले दियो निर्देशन घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर

काठमाण्डौं,असार २३ । हालसम्मको विज्ञानलाई नै चुनौती दिँदै संसारभरि फैलिएको महाव्याधि कोभिड–१९ को हालसम्म कुनै भरपर्दो खोप वा औषधि फेला पर्न सकेको छैन । अत्यन्तै तीब्र दरमा संक्रमण फैलिने, हालसम्म विश्वव्यापी रुपमा जनालाई संक्रमित तुल्याइसकेको र जनाको ज्यान लिइसकेको यस महाव्याधिका विरुद्धको लडाइँमा हालसम्मकै सबैभन्दा कामलाग्दा उपायमध्ये पनि सबैभन्दा प्रभावकारी भनेकै सामाजिक दूरीको पालना तथा मास्कको अनिवार्य प्रयोग नै रहेको छ ।

हालसम्मको विज्ञानले निर्विवाद रुपमा पुष्टि गरेको सत्य के हो भने, मास्कको उचित र सही प्रयोगले कोरोनाको संक्रमण फैलिनबाट धेरै रोकथाम गर्छ । तर समस्या के छ भने, धेरै मानिसहरुको बुझाइमा मास्कको प्रयोग किन, कहिले, कहाँ र कसरी गर्ने भन्नेबारेमा अझै पनि सही, वस्तुवादी ज्ञानको अभाव छ ।

त्यसैको परिणाम हो, कतै मास्क लगाउनै पर्ने स्थानहरुमा पनि मास्क नलगाइ मानिसहरुले कोरोनाको संक्रमणलाई खुला निम्तो दिइरहेको पाइन्छ भने कतै चाहिँ मास्क नै नलगाउनुपर्ने स्थितिमा पनि मास्क किन नलगाएको भनी मानिसहरुले अनावश्यक रुपमा सरकारी दण्डको भागी बन्नुपरेको, गालीगलौज, अपमान र दण्डको शिकार बन्नुपरिरहेको स्थिति पनि विद्यमान छ ।

यसै क्रममा गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको हो ।

पक्राउ गरी उनीहरूमाथि संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। यो नियम सोमबारदेखि लागू भइसकेको उनले बताए। ‘नेपाल सरकारले कोरोनाभाइरसको जोखिमको कारणले बन्दाबन्दी गरेको थियो।

जसले जनजीवनमा असहजता आयो। त्यसलाई सहजीकरण गर्ने गृह मन्त्रालयले निश्चित सर्तहरू तोकिएको थियो,’उनले भने,’दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने, स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने भन्ने थियो।’ तर त्यसको पालना नभएको र कोरोनाभाइरसको जोखिम बढ्दै गएपछि यस्तो निर्णय गरिएको उनले बताए।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएको थियो । त्यसयता सडक र बजार, कलकारखानामा मास्क/सेनिटाइजर प्रयोग र सामाजिक दूरी पालना नगर्ने प्रवृत्ति बढ्दै गएको छ । ‘स्वास्थ्य मापदण्ड पालना नगर्दा राजधानी नै संक्रमणको उच्च जोखिममा रहेको देखिएकोले गृहको निर्देशन र परिपत्र सरकारी, गैरसरकारी र निजी क्षेत्र तथा स्वयं सर्वसाधारणलाई कडाइका साथ लागू गर्न प्रशासन र प्रहरीलाई परिपत्र गरेका हौं,’ उनले भने, ‘निर्देशन उल्लंघन गर्नेलाई पक्राउ र जरिवाना सम्मको कारबाही हुन्छ ।’

‘सर्तहरूको पालना गर्ने भन्ने सर्तमा मात्र लकडाउन खुकुलो गरिएको थियो,’उनले भने,’तर सामान्य मास्क पनि प्रयोग नगरी कोरोना महामारीमा थप जोखिम उत्पन्न गर्ने काम गरियो।’



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv