मिलन चाम्स को ब्यानरमा दयाहाङ र अनुप आउट, आकाश र नाजिर इन ( भिडीयो सहित )

काठमाण्डौ १५ कार्तिक । चलचित्र निर्माणमा सफल मानिएका निर्देशक मिलन चाम्स ले वीरबिक्रम २ बनाउने भएका छन । बिहिबार राजधानिमा आयोजित एक कार्यक्रममा चलचित्र बिरबिक्रम २ निर्माण गर्ने कुरा सार्वजनिक गरेका हुन । चाम्स इन्टरटेनमेन्ट र लण्डन सिनेमा आईको संयुक्त व्यानरमा निर्माण हुने चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्दैछन् ।

“वीर बिक्रम-२” बिरबिक्रम १ को सिक्वेल नभै नयाँ र भिन्न कथा बस्तुमा निर्माण हुन लागेको निर्माता निर्देशक चाम्स ले पत्रकारहरुलाई जानकारी गराए । प्रदीप भारद्धाजको पटकथा लेखन रहेको चलचित्रमा आकाश श्रेष्ठ, वर्षा सिवाकोटी बुद्धि तामाङ, विनिसा भण्डारी, बालकलाकार मनिष लिम्बु, मनोज केसी, शिशिर राणा, क्षितिज सुवेदी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।’ विर विक्रम २’मा अर्पण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् ।

निकै भब्य र बाजागाजाका साथ कलाकारलाई स्टेजमा उतारेर सो चलचित्रका कलाकारको सम्मान गरिएको थियो । पछील्लो पटक लिलीबिली को घोषणा कार्यक्रममा नायक प्रदिप खड्कालाई बडिगार्डको साथमा भित्र्याएका चाम्सले यसपटक ब्याण्ड बाजाको साथमा कलाकारलाई स्टेजमा ल्याएका थिए ।

सधैं बिदेशी लोकेशन तिर आकर्षित चाम्स यस पटक नेपाल भित्रैको बिल्कुलै नयाँ ठाउँमा चलचित्र छायान्कन गरिने बताए । कार्तिक २६ गते देखी उक्त चलचित्र छायांकनका लागि जाने र आगामी २०७६ बैषाख १ मा प्रदर्शनमा आउने जानकारी गराए ।

वीरबिक्रम -२ मा संपादन बनिश शाह, कोरियोग्राफर कबिराज गहतराज, रामजी लामिछने, संगीतकार रंजित गजमेर, तारा प्रकाश लिम्बु, राजन राज सिवाकोटी,त्यसैगरी गीतकारमा तुलशी घिमिरे, कुशुम गजमेर र नरेश भट्टराई छ ।

  

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv