राजु श्रेष्ठको पहिलो प्रस्तुती ‘नशालु माया’ सार्वजनिक ( भिडियो )

काठमाण्डौं,असोज २५ । व्यवसायीको रुपमा चिनिदै आउनु भएका राजु श्रेष्ठ नेपाली सांगीतिक आकाशमा प्रवेश गर्नु भएको छ ।
श्रेष्ठले गीत गायन एब भिडियो निर्माताको रुपमा कला छेत्र लाग्नु भएको हो। नव गायक राजु श्रेष्ठले आफ्नो पहिलो प्रस्तुतीको रुपमा लोकदोहोरी गीत ‘नशालु माया’को निर्माण गर्नु भएको हो । राजु श्रेष्ठ र गायिका सोनिया डी सीको आवाज र सोनिया डी सीको शब्द, संगीत रहेको गीतको शुक्रबार म्युजिक भिडियो रिलिज गरिएको हो ।

सार्वजनिक गीत ‘नशालु माया’ युवा मोडेल दीपक लामा र सारिका केसीको अभिनय रहहेको छ । भिडियोमा दीपक गिरीको क्यामेरा र अमृत चापागाईको सम्पादन रहेको छ । गायक एबम निर्माता राजु श्रेष्ठले आगामी दिनमा पनि लोकप्रिय गायिकाहरु संगको युगल गीतको रेकर्ड गर्दै भिडियो निर्माण गरिने जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv