मानवअधिकारकर्मी तथा पुर्व मन्त्री पद्मरत्न तुलाधरको निधन

काठमाण्डौ १८ कात्तिक । मानवअधिकारकर्मी तथा नागरिक अगुवा पद्मरत्न तुलाधरको ७७ वर्षको उमेरमा निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचरका क्रममा तुलाधरको निधन भएको हो । उनका परिवारका सदस्य तथा मानवअधिकारकर्मी गौरी प्रधानले निधन भएको जानकारी दिए । पूर्वराजनीतिज्ञसमेत रहेका तुलाधर मस्तिष्क स्नायुसम्बन्धी गम्भीर रोगसँग जुधिरहेका थिए ।

बिरामी भएपछि उनी अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा सारिएको थियो । तुलाधार पछिल्लो पटक २०५१ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा विजयी भएका थिए । तुलाधार नेपाली राजनैतिक सामाजिक आन्दोलनका आगुवा मानिन्थे । उनी २०६२/६३ को शान्ति प्रक्रियाका एकजना सहजकर्ता पनि थिए । उनको उपचारका क्रममा सरकारले बेवास्ता गरेको गुनासो उनको परिवारले गर्दै आएको थियो ।

२०४६ सालमा कांग्रेस र तत्कालीन वाममोर्चालाई एक ठाउँमा ल्याउन उनको महत्वपूर्ण भूमिका थियो। नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापना गर्ने अभियानमा लामो समय खर्चिएका तुलाधर २०४२ मा नेकपा (माले) को समर्थनमा राष्ट्रिय पञ्चायत सदस्यमा उठाइएपछि चर्चाको शिखरमा पुगेका थिए।

नेकपा एमालेको समर्थनमा २०४८ र २०५१ मा काठमाडौंबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। उनको मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका छ। तुलाधरका नेपाल भाषामा थुप्रै नाटक (ख्यालः), निबन्ध आदि गरी १६ पुस्तक प्रकाशित छन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv