नेकपा फुटको संघार संगै, पासा धाप्ने, धुपौरे,षड्यन्त्रकारी र पर्दा पछाडिका खेलाडीहरु सलबलाउन थाले – रतन चन्द । (बिचार )

काठमाण्डौं, मङ्सीर ७ । दुई तिहाइको सरकार रहेको पार्टी नेकपा, फुटको संघारमा आई पुगेको निकै चर्चा चलिरहेको छ ।

यही मौका हो भनी पासा धाप्ने, धुपौरे,षड्यन्त्रकारी र पर्दा पछाडिका खेलाडीहरु सलबलाउन थालेका र सामाजिक संजाल तिर निकै सकृय देखिन्छन । यही नेकपाले ३ बर्ष देखी सरकार चलाइरहेको छ ।

यो ३ बर्षको अवधीमा देश र जनताले के पाए भन्ने कुरा समिक्षा गर्ने बेला आएको छ । संधै सत्ताको मोहमा राजनितिलाई प्रयोग गरी पार्टीहरुले गुटउपगुट गराइ शिर्ष नेता बन्ने र धुपौरेहरुकै हालीमुहालीले आज पनि देशले बिकासको गती लिन नसकेको छर्लङ देखिन्छ ।

परिणाम स्वरुप कहिंकतै राजा कै शासन राम्रो भन्नेहरुको पनि कमी छैन यहाँ । गणतन्त्रलाई निस्कृय बनाउन कुनकुन शक्तिको प्रयोग भईरहेको छ हाल यस कुराको समिक्षा गर्न जरुरी छ । यति मात्र होइन नेकपालाई फुटाउन सक्नेले भोलिका दिनमा अरु पार्टिलाई पनि फुटाउन सक्छन् ।

केपी शर्मा ओली प्रधानमन्त्री भई चलाएको सरकार र अन्य कुनैले चलाएता पनि भोलिका दिनमा भारत लगाएत बिदेशी शक्तिको प्रभुत्व नहोला भन्ने के ग्यारेन्टी छ ? त्यसैले जुनसुकै पार्टि होस् या पार्टिका नेताहरु हुन आफ्नो स्वार्थ होइन जनता र राष्ट्रीय स्वार्थ हेरौं । बिदेशी शक्तिको इसारामा कुनै चेसको गोटि नबनौं ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv