राष्ट्रपति विरुद्ध जथावाभी नारा लगाउनेलाई अनेमसंघले गर्‍यो कानुनी कारवाहीको माग

काठमाण्डौं,पौष १७ । अखिल नेपाल महिला संघ (अनेमसंघ) राष्ट्रपति बिरुद्ध ब्यक्त भएका अराजक अभिव्यक्तिलाई लिएर कानूनी कारवाहीमा जाने भएको छ । अनेमसंघले शुक्रबार काठमाण्डौंमा एक पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।


अनेमसंघका सह संयोजक सिता पौडेलले राष्ट्रपति बिरुद्ध सडकमा लागेका नारा अशोभनीय मात्रै नभएर महिलाको इज्जतमाथि नै धावा बोलिएको बताइन् । उनले यस्तो नारा लगाउने ब्यक्तिको पहिचान गरि कानूनी दायरामा ल्याउन गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, सरकारको ध्यानाकर्षण गराउने, साइवर क्रा इ मको मु द्दा लिएर प्रहरीकहाँ जाने योजना रहेको बताइन् ।

उनले सार्वजानिक कार्यक्रम, भेला, जुलुस, नारा एवं विद्युतिय सार्वजानिक माध्यमहरुद्धारा सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीको विरुद्धमा अत्यन्त लज्जाष्पद, अमानवीय, अराजक र निकृष्ट ढंगले आइहेका अभिब्यक्ति तत्काल रोक्न समेत माग गरिन् ।


सह संयोजक पौडेलले अपमानजनक, अमर्यादित, असभ्य र कानुनले बन्देज गरेका भाषाको प्रयोग गरी दिईएका अभिव्यक्तिप्रति निन्दा तथा भत्सर्ना गर्दै यस्तो अभिब्यति दिनेलाई तत्काल कानूनी दायरामा ल्याउन अनेमसंघले पहल सुरु गरेको बताइन् ।

पत्रकार सम्मेलनमा अनेसंघका पदाधिकारीहरु गोमा देवकोटा, सुजिता शाक्य, राधा ज्ञवाली लगायतले बोलेका थिए । उक्त पत्रकार सम्मेलनमा अनेमसंघका आगामी कार्यक्रमहरु समेत सार्वजनिक गरिएको छ । सचिवालय बैठकको निर्णयानुसार अनेमसंघले यही माघ ३ र ४ गते केन्द्रिय समिति बैठक आयोजना गर्नेछ । तथा माताहतका समितिहरुलाई बिस्तार गरि परिचालन गरिने छ ।

संसद विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारीक रुपमा दुई भागका विभाजन भएको छ । ओलीको कदम गैरसंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समुह आन्दोलनमा उत्रिएको छ ।

आन्दोलनमा दुई नेताले अगुवाई गरेको र्यालीमा राष्ट्रपति र प्रधानमन्त्रीका बारेमा अत्यत्न अपमानजनक नारा लगाइएको थियो । त्यसको सवत्र विरोध भएको छ । पत्रकार सम्मेलनमा नेता शाक्यले आन्दोलनको नेतृत्व गर्ने नेताहरुले त्यसको जिम्मेवारी लिनुपर्ने बताइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv