ओली भारतको ईशारामा शक्तीशाली बन्न खोजे – मोहन बहादुर बस्नेत ( नेकां नेता )

सिन्धुपाल्चोक,पौष २५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङ्गिएको बताउनुभएको छ । भारतको ईसारा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद नाङ्गिएको उहाँले बताउनुभएको हो ।

चुच्चे नक्सा सार्वजनिक गरेर चर्चा कमाएका प्रधानमन्त्री ओलीले भारतका एकजना आएर भेट्नासाथ नक्सा नै परिवर्तन गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘सस्तो लोकप्रियताका लागि नक्सा ल्याए , विद्यालयका पुस्तकमा छपाए, भारतबाट कोही भेट्न आए ओलीले तुरुन्तै आदेश दिए ती चुच्चे नक्सा भएका किताब वितरण नगर्नु ।’

बस्नेतले संवैधानिक सर्वोच्चताको कांग्रेसले सधै सम्मान गर्ने बताउनुभयो । प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनमा होमिएको का)ग्रेसले निर्वाचन या प्रतिनिधिसभा पुनस्थापना जे भए पनि अदालतको आदेशलाई सम्मान गर्ने बताउनुभयो ।

शनिबार सिन्धुपाल्चोक प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा भएको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट पार्टी जनताको भन्दा पनि आफ्नो प्रगतिको लागि लागेको आरोप लगाउनुभयो । ‘विश्वबाट नै सकिएको कम्युनिष्ट नेपालमा फुरफुर गरेर बसेका छन्,’ उहाँले भन्नुभयो, ‘अब निमिट्यान्ह हुने दिन आएको छ ।’

बस्नेतले संघीयता, धर्मनिरपेक्षता, संविधान कार्यान्वयन अब कांगेसको काँधमा आएकाले अब जनताले कांग्रेसलाई चुन्ने आशा व्यक्त गर्नुभयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv