आज २९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाण्डौं पौष २७ । आफ्नो देशको इतिहास थाहा नहुनु र आफ्नो बाबु बाजेलाइ म चिन्दिन भन्नु एकै त हो । पाठ्यक्रमबाट भलै इतिहास हटाए पनि कुनै न कुनै हिसाब ले इतिहास जीवित थियो,छ र पक्कै पनि भोलिका दिनहरुमा रहनेछ भलै शैली फेरिएला, प्रस्तुति फरक होला तर जिवन्त रहनेमा कुनै शंका नै छैन । बिगतमा आजका जस्ता प्रबिधि नहुदाखेरि पनि इतिहास लाइ पुस्ता-दरपुस्ता हस्तान्तरण गर्दै आइएको थियो, जब कुनै पनि लेखोट को जमाना नै थिएन त्यो बेला पनि घटना-परिघटना अनि बिशेष कुरालाई गित र श्लोकमा ढालेर, आउने पुस्तालाई बिगतको गौरबशाली इतिहासलाई हस्तान्तरण गरिन्थ्यो, त्यसपछि लेखेर अभिलेख राख्ने चलन आयो अनि हामीले धेरै कुराहरु लाइ तेसै गरि जान्दै, बुझ्दै र पढ्दै आएको छौ । प्रबिधिमा सबैको पहुच अनि अभिव्यक्तिको स्वतन्त्रताको नाम मा जसले, जहाँ, जे पनि लेख्न मिल्ने दौर बाट हामी गुज्रिरहेका छौ । जसको परिणाम पहिले लेखोट, टिपोट र अभिलेख बाट जे ज्ञान हामीलाई हस्तान्तरण भयो त्यो सब चिजलाई आफु अनुकुल बंग्याउने र तोड मरोड गर्ने र आफ्नो स्वार्थ अनुकुल ब्याख्या गरेर स्वार्थ पूर्ति गर्ने, चरम अपाङ्ग मानसिकताको नतिजा बेहोरिराको छौ ।

सन्दर्भ हो २९९ औ पृथ्वी जयन्तिको, धेरै जनाको बुझाई सुनियो , नेपालको एकीकरण पृथ्वी नारायण शाहले गरेका होइनन केहि हद सम्म त्यसलाई पनि सत्य मान्न सकिन्छ किनकि उहाले एकीकरण अभियान सुरुवात गरिबक्सेको हो, जसलाई उहा पछिको पुस्ताले आत्मासाथ गर्दै अघि बढाए । तर सबैले के बुझ्न जरुरि छ भने जो कोहिले कुनै पनि कुराको सुरुवात गर्दछ उसैलाई नै अग्रणी मान्ने र त्यसको सुरुवातकर्ता भन्ने होइन र ? कम्प्युटर विज्ञानको पिता भनेर चार्ल्स ब्यबेजलाई भनिन्छ उनले पनि त कम्पुटर त बनाएका होइनन, analytical engine र difference engine बनाएका हुन् जो कि कम्प्युटर बनाउनको लागि आधारभूत कुरा थियो । हामी माओबाद को कुरा गर्छौ यो माओबाद पनि त माओ त्से तुंग ले आफ्नो विचार सबैलाइ सुनाएर , सबैजनाले स्वीकारे पछि न बाद भएको हो, लेनिनबाद को कुरा गर्यौ भने रुसी जारका बिरुद्ध लड्न लाइ सबै रुसी जनतालाइ मिलाउन सकेकाले त तिनको पनि बाद बन्यो । कयौं हार र कयौ अफ्ठेरा सहेर पनि बडामहरजाधिराज पृथ्वी नारायण शाह, आफ्नो एकिकरण अभियान लाइ जारी नै राखेका कारण ले पनि ने

 

पालको एकीकरणकर्ता होइबक्सन्छ । नेपाल एकीकरण न कुनै मनगढक कथा हो अनि न कुनै animated चलचित्र, यो अभियानको लागि कति हण्डर र कति ठक्कर खान पर्यो त्यो कुरा इतिहास नबुझिकन र नपढिकन थाहा पाउन सकिन्न । नेपाल एकीकरण अभियान एउटा सुझबुझ पूर्ण अनि पूर्ण विचार र बिमर्श पछिको ठुलो सुरुवात थियो /संखघोष थियो । यो अभियान बैज्ञानिक विल्हेम कोनराड रोएट्जेन ले आफ्नो प्रयोगशालामा आकस्मिक रुपमा x -ray पत्ता लगाको जस्तो त होइन नि । भलै उनले त्यो पत्ता लगाउछु भनेर नगरेका भए पनि आखिर आज हामी उनैलाइ आबिस्कारक मान्छौ ।

आखिर सबै तिर यहि नै हो भने हामी चै किन बडामहाराजाधिराज पृथ्वी नारायण शाहलाइ एकिकरणकर्ता मान्न कन्जुस्याई किन गर्ने? , किन आनाकानी गर्ने ?, किन विवाद गर्ने ? आफ्नो निहित स्वार्थ पूर्तिका लागि कसैले इतिहासलाइ नै बंग्याउन खोज्दा पनि हामी इतिहास के पढ्नु अनि केलाई जान्न पर्यो भन्छौ अनि तोडमरोड गरेको इतिहासको पछि लाग्छौ भने , याद राखौ हामी आफ्नै घरमा गएर आफ्नो बाबु बाजेलाइ हजुरहरु को हो अनि मेरो घरमा किन भनेर सोधेको ठहरिनेछ । अब मनै देखि सोच्नुस तपाई हामी नेपाली हो कि होइन ? नेपाली हो भन्ने जवाफ आउछ भने बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपालको एकिकरणकर्ता हुन् यदि होइन भन्ने जवाफ आयो भने मैले भनिराख्न नपर्ला कि गैर नेपालीले नेपाली नागरिकता लिनु भनेको अपराध हो अनि तपाई-हामी अपराधी ?

२९९ औ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको म लगायत सम्पूर्ण नेपालीजनहरुमा हार्दिक शुभकामना ! ( लेखक रामु शाही ठकुरी )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv