ठकुरी सहयोग संजालले मनायो विश्वभर २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवस

काठमाण्डौं,पौष २७ । ठकुरी सहयोग संजालले २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवस मनाएको छ । अनेकतामा एकता एकतामा हार्दिकता राष्ट्रिय एकताको लागि हाम्रो प्रतिबद्धता मुल नाराको साथ संजालले काठमाण्डौंको केन्द्रिय कार्यलय लगायत देश तथा बिदेशमा रहेका शाखा कार्यालयको नेत्रुत्वमा आयोजना गरी भब्यताका साथ मानाएको केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरीले जानकारी दिनु भयो ।

काठमाण्डौंमा नक्सालको केन्द्रिय कार्यालयमा जम्मा भई बिभिन्न झाँकी र बाजागाजा सहित नागपोखरी,दरबारमार्ग,भद्रकाली हुँदै सिंहदरबार गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी कार्यक्रम सकिएको थियो । ठकुरी सहयोग संजाल सल्यानले जिल्ला अस्पताल खलङ्गामा बिरामीहरुको लागि फलफुल बितरण गरी मनायो भने,ठसस बाजुराले दिप प्रज्वलन कार्यक्रम गरेको छ । त्यस्तै नेपालगन्जमा ठकुरी सहयोग सन्जाल प्रदेश लुम्बिनी / कर्णाली , ठसस बाँके र ठकुरी पत्रकार समाजको संयुक्त आयोजनामा मनाइएको थियो । संयोग जङ्ग शाहको सभापतित्व र देब बहादुर शाहीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी मनाईएको हो ।

ठकुरी सहयोग संजाल दाङ्गले पनि तुलसीपुर बिरेन्द्रचोकमा ब्यानर सहित र्‍याली निकाली पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी मनाएको संजालले जनाएको छ ।
यसैगरी ठसस युएईले पुस २४ गते नै एक भब्यकार्यक्रमको आयोजना गरि श्रद्धासुमन अर्पण गरेको थियो ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv