पोइला जानेले अंश दावी गर्न पाऊदैन, सुर्य चिन्ह हाम्रो हो : महेश बस्नेत

काठमाण्डौं पौष २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले सुर्य चिन्हमा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले दावी गर्न नपाउने बताएका छन् ।

उनले सुर्य चिन्हमा केपी ओली बाहेकले दावी गर्न नसक्ने बताएका छन् । आफुहरुको नैसर्गिक अधिकार रहेको बताउँदै प्रचण्ड माधव समुहले सुर्य चिन्ह दावी गर्नु भनेको पोइला गएकाले घरको अंशमा दावी गरे जस्तो हुने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल झापाले आयोजना गरेको बृहत युवा भेलालाई सोमबार धुलावारीमा सम्बोधन गर्दै नेता बस्नेतले पोइला जानेले अंश दावी गर्न नपाउने धारणा राखेका हुन् । नेकपाभित्रबाट माधव कुमार नेपाल समूह प्रचण्ड समूहमा पोइला गएको टिप्पणी गर्दै उनले अब सो समूहले नेकपाको कुनै पनि कुरा दावी गर्न नमिल्ने बताए ।

पूर्व मन्त्री समेत रहेका बस्नेतले नेकपा विवादको मुख्य कारण नै प्रचण्ड र माधव नेपाल भएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली जनताको बिचमा राजनेताको रुपमा स्थापित हुँदै गएपछि उनीहरुमा इस्र्या बढेको बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv