गायिका बुनु श्रेष्ठको ‘लहरोस चन्द्र सुर्य झण्डा’ भिडियो सार्वजनिक

काठमाण्डौं,माघ १३ । गायिका बुनु श्रेष्ठको ‘लहरोस चन्द्र सुर्य झण्डा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको उक्त गीतलाई सहस शाक्यको एरेन्ज गरेका छन् ।

देशप्रेमको भावनाले ओतप्रोत भएको गीतमा गायिका बुनु श्रेष्ठले आफै अभिनय गरेकिछिन् । दु:ख सुखमा पनि आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनी देशको गुन भुल्न नहुने भन्दै गीत मार्फत सन्देश दिन खोजिएको छ ।

अनील कटवालको छायांकन तथा सम्पादन,बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ । भिडियोलाई गायिका बुनु श्रेष्ठले निर्देशन गर्नु भएको हो ।स्टुडियो साउण्डमिलको अफिसियल युटयुब च्यानलमार्फत हेर्न सकिन्छ । गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ,मिक्सिङ तथा मास्टरिङ रहेको छ। हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv