भारत पछि चीनले नेपाललाई कोरोनाको खोप उपलब्ध गराउने गर्यो घोषणा, कति लाख आउने भयो चीनबाट खोप ?

काठमाण्डौं,माघ १८ । कोरोना खोपको परीक्षण सफलताउन्मुख भइरहेका बेला नेपालमा ल्याउने तयारी सुरु भएको छ । हाल बेलायत, अमेरिका, चीन, भारत र रुसले कोरोनाको खोप बनाएर लगाउन सुरु गरि सकेका छन्। खोप सफल भइसकेपछि ती खोप ल्याउन नेपालले तयारी थालेको हो ।

नेपाल विश्वव्यापी खोप सुविधा पाउने ‘कोभाक्स’ मा सामेल भएकाले विश्व बजारमा खोप आउनासाथ नेपालीले प्रयोग गर्ने गरी ल्याउने तयारी छ । स्वास्थ्य मन्त्रालयले कोरोना खोपको ओसारपसार, भण्डारण, कोटेसन, लगानी र खोप लगाउने स्वास्थ्यकर्मीहरु तयार पारिसकेको छ।

यसै क्रममा नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

यसै क्रममा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको उहानको बजारको भ्रमण गरेको छ ।

समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए ।

चीनले गरेको ढिलाई एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ ।

तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । उहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ ।

आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालीरहेका छन् ।

चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत उहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् ।

चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ ।

यसै क्रममा केहि दिन अघि भारतबाट आएको कोभिड १९ विरुद्धको खोप अभियानको पाँचौ दिनसम्ममा ८८ हजार बढीले खोप लगाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७ जिल्लाका १ सय ८५ खोप केन्द्रहरुबाट ८८ हजार ७ जनाले खोप लगाएका छन्।

पाँचौ दिनसम्ममा प्रदेश १ मा १२ हजा।र ७ सय ६३, प्रदेश २ मा ११ हजार ५७, बागमतीमा २८ हजार ६ सय ८३, गण्डकीमा १२ हजार ३ सय ११, लुम्बिनीमा १० हजार ७ सय ६०, कर्णालीमा ५ हजार ५ सय ५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ७७ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।

पहिलो चरणमा प्राथमिकतामा परेका लक्षित समुहमा पर्ने व्यक्तिहरुमध्ये स्वास्थ्यकर्मीहरुले अबको पाँच दिन भित्र खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

जसका लागि स्वास्थ्यकर्मीहरुले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट सिफारिस पत्रसहित सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।

नेपालमा कोरोभाइरसविरुद्ध खोप बन्ने सम्भावना कति छ?

अधिकारीहरू र उत्पादकहरू नेपालमा तत्कालै मानवमा प्रयोग हुने खोप उत्पादनको सम्भावना न्यून भएको बताउँछन्। त्रिभुवन विश्वविद्यालयसँग आबद्ध खोपबारे जानकार प्रा. घिमिरे नेपालमा खोप उत्पादन गर्न औद्योगिक पूर्वाधार नै नभएको र त्यो तत्काल बनाउन नसकिने औँल्याउँछन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv