नारायणहिटी दरबार अगाडि प्रचन्ड बिरुद्ध ओलीको शक्ती प्रदर्शन आज

काठमाण्डौं,माघ २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बृहत् सभा आयोजना गर्दैछ । नारायणहिटी दरबार अगाडि गर्न लागेको आमसभाका लागि सडकमा रहेका डिभाइर हटाइएको छ । दरबारमार्गको सडकमा यसअघि बीचबाट सावरीसाधन फर्काउन नमिल्ने गरी स्टिलको पक्की डिभाइडर रहेको थियो ।

तर, प्रधानमन्त्रीको जनसभा हुने भएपछि ती डिभाइडर हटाइएको छ । नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित १३ जिल्ला र देशभरबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताए ।

मध्याह्न १२ बजेदेखि हुने सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापालगायत नेताले सम्बोधन गर्दैछन् । सभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका १३ स्थानबाट जुलुस निकालिने जनाइएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv